Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

स्थानीय तहका सडक र पुल निर्माणमा नेपाललाई सक्षम बनाइ बिदा हुँदै स्वीस सरकार


काठमाडौँ। स्थानीय तहका सडक र पुल निर्माणमा नेपाललाई सक्षम बनाउँदै स्वीजरल्याण्ड सरकार नेपालको स्थानीय तहको पूर्वाधार निर्माणबाट बिदा हुने भएको छ ।

विगत लामो समयदेखि नेपालको पूर्वाधार विकासमा स्थानीय तहमा स्वीस सरकारले पुल र सडकको डिजाइनसहित आवश्यक प्राविधिक सहयोग गर्दै आएको थियो । उक्त सहयोग अब नेपाल सरकारलाई नै सक्षम बनाएर नेपाल सरकारबाटै उक्त काम गराउने उद्देश्यअनुसार हस्तान्तरण गर्न लागिएको हो । आजबाट स्वीस सरकारले नेपालको स्थानीय तहमा गर्दै आएको पूर्वाधार विकासको क्षेत्रको सहयोगको स्मरणमा गरेका कामहरुको दृश्यहरु समेत प्रदर्शनमा राखिएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए । उनले नेपालको पूर्वाधार विकास क्षेज्ञमा स्वीस सरकारले धेरै सहयोग गर्दै आएको बताए । स्थानीय स्तरमा रहेका सडक र पुलहरुलाई कसरी डिजाइन गर्ने भनेर यसमा आवश्यक पर्ने प्राविधिक र आर्थिक सहयोग गर्दै आएको बताएका छन् । दुई दिने सम्मेलनबाट सहयोग नेपाल सरकारलाई नै निर्माणको लागि सक्षम बनाइ समापन गर्न लागिएको जानकारी दिए ।

उनले भने, ‘नेपालको पूर्वाधार विकासको क्षेत्रमा स्विस सरकारले निकै सहयोग गर्दै आइरहेको छ । यो स्थानीय स्तरमा रहेका सडक र पुलहरुलाई कसरी डिजाइन गर्ने भनेर यसमा आवश्यक पर्ने टेक्निकल र आर्थिक सहयोग गर्दै आउनुभएको छ । पुल र सडकहरुको पूर्वाधारमा गर्दै आउनुभएको सहयोगको समापन गर्दै हुनुहुन्छ । नेपाल सरकारले अब आफैँ स्थानीय स्तरका सडक र पुल बनाउनसक्ने सक्षम बनाएर हस्तान्तरण गर्दैछ । दुई दिनसम्म यो एसडिसीको योजनाको फेज आउट हुन गइरहेको छ । दुई दिनमा यो सम्मेलन सकिन्छ ।’

बुधवारबाट एसडिसीको योजनाको फेज आउट हुने जानकारी दिए ।


प्रकाशित मिति: १० असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?