Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

स्थानीय तहका सडक र पुल निर्माणमा नेपाललाई सक्षम बनाइ बिदा हुँदै स्वीस सरकार


काठमाडौँ। स्थानीय तहका सडक र पुल निर्माणमा नेपाललाई सक्षम बनाउँदै स्वीजरल्याण्ड सरकार नेपालको स्थानीय तहको पूर्वाधार निर्माणबाट बिदा हुने भएको छ ।

विगत लामो समयदेखि नेपालको पूर्वाधार विकासमा स्थानीय तहमा स्वीस सरकारले पुल र सडकको डिजाइनसहित आवश्यक प्राविधिक सहयोग गर्दै आएको थियो । उक्त सहयोग अब नेपाल सरकारलाई नै सक्षम बनाएर नेपाल सरकारबाटै उक्त काम गराउने उद्देश्यअनुसार हस्तान्तरण गर्न लागिएको हो । आजबाट स्वीस सरकारले नेपालको स्थानीय तहमा गर्दै आएको पूर्वाधार विकासको क्षेत्रको सहयोगको स्मरणमा गरेका कामहरुको दृश्यहरु समेत प्रदर्शनमा राखिएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए । उनले नेपालको पूर्वाधार विकास क्षेज्ञमा स्वीस सरकारले धेरै सहयोग गर्दै आएको बताए । स्थानीय स्तरमा रहेका सडक र पुलहरुलाई कसरी डिजाइन गर्ने भनेर यसमा आवश्यक पर्ने प्राविधिक र आर्थिक सहयोग गर्दै आएको बताएका छन् । दुई दिने सम्मेलनबाट सहयोग नेपाल सरकारलाई नै निर्माणको लागि सक्षम बनाइ समापन गर्न लागिएको जानकारी दिए ।

उनले भने, ‘नेपालको पूर्वाधार विकासको क्षेत्रमा स्विस सरकारले निकै सहयोग गर्दै आइरहेको छ । यो स्थानीय स्तरमा रहेका सडक र पुलहरुलाई कसरी डिजाइन गर्ने भनेर यसमा आवश्यक पर्ने टेक्निकल र आर्थिक सहयोग गर्दै आउनुभएको छ । पुल र सडकहरुको पूर्वाधारमा गर्दै आउनुभएको सहयोगको समापन गर्दै हुनुहुन्छ । नेपाल सरकारले अब आफैँ स्थानीय स्तरका सडक र पुल बनाउनसक्ने सक्षम बनाएर हस्तान्तरण गर्दैछ । दुई दिनसम्म यो एसडिसीको योजनाको फेज आउट हुन गइरहेको छ । दुई दिनमा यो सम्मेलन सकिन्छ ।’

बुधवारबाट एसडिसीको योजनाको फेज आउट हुने जानकारी दिए ।


प्रकाशित मिति: १० असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?