Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

स्वास्थ्यमन्त्रालयको प्रश्तावित ओएनएमको विरोधमा नेपाल रेडियोलोजिकल सोसाइटीको प्रदर्शन


काठमाडौँ। नेपाल रेडियोलोजिकल सोसाइटीले स्वास्थ्यमन्त्रालयको प्रश्तावित ओएनएमको विरोधमा प्रदर्शन गरेको छ ।

मंगलवार काठमाडौंको माईतीघर मण्डलामा उनीहरुले भेला भएर प्रदर्शन गरेका हुन् । उनीहरुले आफूहरुको पेशा मेट्ने नीति स्वीकार्य नरहेको बताए । उनीहरुले स्वास्थ्यमन्त्रालयको प्रश्तावित ओएनएम संशोधन गर्न भन्दै रेडियोग्राफी पेशाको पक्षमा एकताको प्रदर्शन गरेको जनाएका छन् । कार्यक्रममा नेपाल रेडियोलोजिकल सोसाइटीका अध्यक्ष मुकेशकुमार झाले ज्ञापनपत्र दिएको दिनदेखि नै कालोपट्टी बाँधेर देशभर प्रदर्शन गरिरहेको भन्दै त्यसपछि पनि नेपाल सरकारले गम्भीरता नदेखाएको बताए । आफूहरुको दरबन्दी कायम गर्न माग गरिरहेको बताए । ओएनएम फिर्ता नभएसम्म आफूहरुको आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।

प्रदर्शनमा सहभागी भएकाहरुले स्वास्थ्य प्रणालीको मेरुदण्ड रेडियोग्राफरको आवाज सुन्ने बेला भयो, रेडियोग्राफी र रेडियोलोजी विभागलाई छुट्टाछुट्टै बनाइयोस् लगायतका प्लेकार्ड बोकेर विरोध जनाएका छन् ।


प्रकाशित मिति: १० असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?