Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

ज्ञानको पुस्तान्तरणमा राज्य गम्भीर बनेनः कुलपति राई


काठमाडौँ। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले ज्ञानको पुस्तान्तरणमा राज्य गम्भीर नबनेको टिप्पणी गरेका छन् ।

मंगलवार काठमाडौंमा आयोजित ४३ औँ प्रज्ञा सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले अघिल्लो पुस्ताले आर्जन गरेका ज्ञान र नयाँ पुस्ताले निर्माण गरिरहेको ज्ञानबीचको समन्वय कमजोर भएकोमा चिन्ता व्यक्त गरे । उनले अहिलेको शिक्षा प्रणाली, पाठ्यक्रम र कला साहित्यको अवस्था समेतप्रति प्रश्न उठाउँदै राज्य र समाज दुवै जिम्मेवार हुनुपर्ने बताए ।

उनले भने, ‘हामीले आर्जन गरेको ज्ञानलाई जेन–जी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने महत्वपूर्ण चुनौती रहेको छ । हाम्रा पुर्खाहरुले आर्जन गरेका ज्ञान, हामीले उत्पादन गरेका ज्ञान र अहिलेको पुस्तालाई हाम्रो ज्ञानको सेतु कहाँ जोड्ने हो ? नेपाल प्रज्ञा प्रतिष्ठानले के गर्ने हो ? यसको लागि गम्भिर बहस र विमर्श गर्नुपर्ने आवश्यकता आइसकेको छ । जेन–जीको टिप्पणीलाई आधार मान्ने हो भने हामीले त ति पुस्तालाई डिप्रेसनको सिकार मात्र मानिरहेका रहेछौँ । दिएको त केही पनि छैनौँ । अहिलेको जेनजी लाई हामीले कस्तो पाठ्यक्रम दिइरहेका छौँ ? अहिलेको ललितकला कहाँ छ, संगितकला कहाँ छ ? अहिलेको साहित्य कस्तो हुनुपर्ने ? यो हाम्रो र राज्यको दायित्व हैन ?’

कुलपति राईले ज्ञानको सेतु निर्माण गर्न अब राज्य र बौद्धिक समाज मिलेर साझा पहल गर्नुपर्ने आवश्यकता औँल्याए ।


प्रकाशित मिति: १० असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?