Trending
>>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान >>   अध्यादेशमार्फत मृत्यु घोषणा र दर्ताका लागि कानून संशोधन गर्दैछौँः कानूनमन्त्री गौतम >>   महामन्त्री पदका लागि सुनिल शर्माको उम्मेदवारी >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशनः नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरु >>   वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ:कुलमान घिसिङ >>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

ज्ञानको पुस्तान्तरणमा राज्य गम्भीर बनेनः कुलपति राई


काठमाडौँ। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले ज्ञानको पुस्तान्तरणमा राज्य गम्भीर नबनेको टिप्पणी गरेका छन् ।

मंगलवार काठमाडौंमा आयोजित ४३ औँ प्रज्ञा सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले अघिल्लो पुस्ताले आर्जन गरेका ज्ञान र नयाँ पुस्ताले निर्माण गरिरहेको ज्ञानबीचको समन्वय कमजोर भएकोमा चिन्ता व्यक्त गरे । उनले अहिलेको शिक्षा प्रणाली, पाठ्यक्रम र कला साहित्यको अवस्था समेतप्रति प्रश्न उठाउँदै राज्य र समाज दुवै जिम्मेवार हुनुपर्ने बताए ।

उनले भने, ‘हामीले आर्जन गरेको ज्ञानलाई जेन–जी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने महत्वपूर्ण चुनौती रहेको छ । हाम्रा पुर्खाहरुले आर्जन गरेका ज्ञान, हामीले उत्पादन गरेका ज्ञान र अहिलेको पुस्तालाई हाम्रो ज्ञानको सेतु कहाँ जोड्ने हो ? नेपाल प्रज्ञा प्रतिष्ठानले के गर्ने हो ? यसको लागि गम्भिर बहस र विमर्श गर्नुपर्ने आवश्यकता आइसकेको छ । जेन–जीको टिप्पणीलाई आधार मान्ने हो भने हामीले त ति पुस्तालाई डिप्रेसनको सिकार मात्र मानिरहेका रहेछौँ । दिएको त केही पनि छैनौँ । अहिलेको जेनजी लाई हामीले कस्तो पाठ्यक्रम दिइरहेका छौँ ? अहिलेको ललितकला कहाँ छ, संगितकला कहाँ छ ? अहिलेको साहित्य कस्तो हुनुपर्ने ? यो हाम्रो र राज्यको दायित्व हैन ?’

कुलपति राईले ज्ञानको सेतु निर्माण गर्न अब राज्य र बौद्धिक समाज मिलेर साझा पहल गर्नुपर्ने आवश्यकता औँल्याए ।


प्रकाशित मिति: १० असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?