काठमाडौं । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा भएको आगलागीबाट चौथो तलाका तीनवटा कोठामा क्षति भएको छ । क्षतिको पूर्ण विवरण आइनसके पनि प्रहरीका अनुसार तीनवटा कोठामा रहेको भौतिक संरचनामा क्षति भएको छ । साथै त्यहाँ रहेका कागजातसमेत जलेर ध्वस्त भएको प्रहरी स्रोतको भनाइ छ ।
काठमाडौं । दुग्ध विकास संस्थानबाट उत्पादित दूध तथा दुग्ध पदार्थलाई ७५३ वटै स्थानीय तहका सबै वडामा बिक्री वितरणको व्यवस्था मिलाइनुपर्नेमा कर्मचारी सङ्गठनले जोड दिएको छ । दुग्ध विकास संस्थान कर्मचारी सङ्गठन नेपालले यस्तो माग गरेको हो । सङ्गठनले प्रेस विज्ञप्ति प्रकाशित गरी हाल आर्थिक मन्दीलगायतका कारणले संस्थानको बजार सङ्कुचन हुँदै
बिनाेद बराल इंग्ल्यान्डको गल्लीमा नेपालका जितेन्द्र बाबु राई ( GB Rai ) लाई देखें, आँखा झिमिक्क पार्न नपाउँदै हराउनुभयो। फोटो खिचौं कि नखिचौं भन्ने द्विविधामा थिएँ, तर गोपनीयताको सीमाले रोक्यो। सत्य के हो, समयले बताउला!” “सेफ हेभेन” – कानुनी संकटबाट जोगिन धनाढ्यहरूको स्वर्ग! जहाँ भ्रष्टाचारको आरोप लागेका व्यापारीहरू शाही जीवन
प्रिय एलीना, तिमीले आफ्नो विवाह एक वर्षमै टुंग्याउने निर्णय लियौ, र मलाई थाहा छ, यो सजिलो निर्णय थिएन। समाजले प्रश्न गर्यो होला, परिवारले चिन्ता व्यक्त गर्यो होला, र धेरैले तिम्रो निर्णय बुझ्न सकेन होला। तर म बुझ्छु किनभने तिमीले आफूलाई गुमाउन चाहेनौ। साँच्चै, संगीत तिमीभित्र बाँचिरहेको थियो, तिमी त्यसैमा हराउन
वैज्ञानिक आल्बर्ट आइन्स्टाइनको जीवन केवल उपलब्धिहरूले भरिएको थिएन; यसमा धेरै दुखद पक्षहरू पनि थिए । उनको व्यक्तिगत जीवन चुनौतीपूर्ण रह्यो । सानो छँदा, उनीसँग बोल्न र पढ्नमा समस्या थियो, जसले उनलाई साथीसँग घुलमिल हुन गाह्रो बनायो । नाजी शासनकालमा उनको यहूदी पहिचानका कारण ज्यानको खतरा भयो र उनले जर्मनी छोड्नुपर्यो।
काठमाडाैं । दलित अभियन्ताहरुले गृहमन्त्री रमेश लेखकमाथि छानविन गरी कारबाहीको माग गरेका छन् । दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारको नेतृत्वमा नेपाली कांग्रेसको केन्द्रीय कार्यालय पुगेको टोलीले सर्लाहीको बरहथवा नगरपालिकाका सत्येन्द्र राम र नेहा रौनियारमाथि गृहमन्त्रीकै निर्देशनमा अत्याचार भएको भन्दै कारबाहीको माग गरेका हुन् । गृहमन्त्री लेखकले ६० लाख
काठमाडाैं ।नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियूका विद्यार्थी नेताहरुले ड्युटीमा रहेका प्रहरीमाथि सांघातिक आक्रमण गरेका छन् । अनेरास्ववियुका स्थायी कमिटी सदस्य तथा अमृत साइन्स क्याम्पस (अस्कल) इकाइका पूर्व अध्यक्ष कमल जोशी र वर्तमान उपाध्यक्ष तथा स्ववियु सदस्य दिनेश सिग्देलसहितको ग्याङले गएराति १२ बजेतिरको समयमा ड्युटीमा रहेका प्रहरीमाथि आक्रमण गरेको हो
काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का नेता एवं प्रतिनिधि सभा सदस्य प्रकाश ज्वालाले गृहमन्त्री रमेश लेखक, नेपाली प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरलगायतमाथि अनुसन्धानको माग गरेका छन् ।सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र राममाथि गृहमन्त्री लेखकको निर्देशनमा प्रहरीले ज्यादति गरेको भन्दै उनले अनुसन्धान गरी कारबाहीको माग गरेका हुन् । अन्तरजातीय विवाह गरेका
काठमाडौं। नेपाली कांग्रेसका सांसद एनपी साउदले पुनः नापी गरेर कञ्चनपुरको आरक्षविस्थापितको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् ।प्रतिनिसभाको पाँचौ अधिवेशनको शुक्रबार बसेको तेस्रो बैठकको शून्य समयमा सांसद साउदले सरकारद्वारा गठित समितिको सुझावअनुसार पुनः नापी गरेर आरक्षविस्थापितको समस्या समाधान गर्न माग गरेका हुन् । समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारीको
काठमाडौं। निर्मला घिमिरे ‘निरु’ले आफ्नो नयाँ गीत’सलल बग्छ खोला यो’ सार्वजनिक गरेकी छन् । गीतमा डाक्टर किरांतको शब्दसँगै संगीत पनि उनले नै दिएका छन् । गीतको भिडियोलाई गोपाल कटुवालले निर्देशन गरेका छन् भने भिडियोमा समिता गिरि र भबिष्य कार्कीले अभिनय रहेको गीतमा शिव ढकालले छाँयाकन र भिडियोलाई राम प्रसाद चौधरीले