Trending
>>   एनभिए भलिबलः महिलातर्फ पुलिस र न्यु डायमण्डले उपाधिका लागि प्रतिष्पर्धा गर्ने >>   महाधिवेशन प्रतिनिधिलाई महामन्त्री थापाले भने– पुसभित्र विषेश महाधिवेशन हुन्छ, काठमाडौंमा भेटौँला >>   महामन्त्रीद्वयको असन्तुष्टिबीच काँग्रेस केन्द्रिय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप >>   भोलिको सुरक्षित नेपाल आजका युवाबाट नै निर्माण हुन्छः गृहमन्त्री अर्याल >>   समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने >>   मुस्लिम आयोगका पूर्वअध्यक्ष अन्सारीको अध्यक्षतामा ‘राष्ट्र निर्माण दल’ घोषणा >>   जलविद्युत प्रभावित क्षेत्रलाई उचित क्षतिपूर्तिको व्यवस्थासहित कानून निर्माण हुन्छः कानूनमन्त्री सिन्हा >>   आयोगले निर्वाचनमा सूचना प्रविधिको प्रयोगमा प्रोत्साहन गर्ने नीति लिएको छः प्रवक्ता भट्टराई >>   स्थानीयको मागलाई बेवास्ता गरेर कुनैपनि विद्युत आयोजना अघि बढाइँदैनः मन्त्री घिसिङ >>   इक्यान सचिव पदका लागि सुरज सिलवालको उम्मेदवारी घोषणा
Logo
१८ पुष २०८२, शुक्रबार
१८ पुष २०८२, शुक्रबार

कांग्रेसलाई दलित अभियन्ताको प्रश्नः रमेश लेखकलाई दुष्कर्मको आधारमा कारबाही गर्ने कि गृहमन्त्रीकै पदमा राखिराख्ने ?


काठमाडाैं । दलित अभियन्ताहरुले गृहमन्त्री रमेश लेखकमाथि छानविन गरी कारबाहीको माग गरेका छन् । दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारको नेतृत्वमा नेपाली कांग्रेसको केन्द्रीय कार्यालय पुगेको टोलीले सर्लाहीको बरहथवा नगरपालिकाका सत्येन्द्र राम र नेहा रौनियारमाथि गृहमन्त्रीकै निर्देशनमा अत्याचार भएको भन्दै कारबाहीको माग गरेका हुन् ।

गृहमन्त्री लेखकले ६० लाख दलितमाथि अत्याचार गरेको, सामाजिक सद्भाव भड्काएको र समाजमा घृणा फैलाएको अभियन्ता सुनारको दाबी छ । उनले गहृमन्त्री लेखक अपराधमा संलग्न भएको दाबी गर्दै कारबाही गर्ने कि पदमा राखिराख्ने ? भनी कांग्रेसलाई प्रश्न गरे ।

‘गृहमन्त्रीले अपराध स्वीकार गरिसकेका छन्, प्रहरीले हो भनिसकेको छ । गृहमन्त्रीको पदमा बसेका रमेश लेखकले ६० लाख दलितमाथि जुन अपराध गरेका छन्, अत्याचार गरेका छन्, अपमान गरेका छन्, सामाजिक सद्भाव भड्काउने काम गरेका छन् । घृष्णा फैलाउने काम गरेका छन् । मिलेर बसेको समाजलाई गृहमन्त्रीको जिम्मेवारीमा बसेका, जनताको जिउधनको रक्षा गर्ने जिम्मा लिएर बसेका नेपाली कांग्रेसका नेता र अहिलेका गृहमन्त्रीले गरेको अपराधमा हामी नेपाली कांग्रेसलाई आज हामी सोध्न आएका छौं । अपराधमा संलग्न भएका गृहमन्त्रीलाई पदमा राख्नेकी उनले गरेको दुष्कर्मको आधारमा उनलाई पार्टीले गर्नुपर्ने कारबाही गरेर दलितमाथि गरेको अपराधको विरुद्धमा कांग्रेसले पहल गर्ने भन्नका लागि हामीले ध्यानाकार्षण गराउन आएका छौं,’– उनले भने ।


प्रकाशित मिति: २५ माघ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?