Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

कांग्रेसलाई दलित अभियन्ताको प्रश्नः रमेश लेखकलाई दुष्कर्मको आधारमा कारबाही गर्ने कि गृहमन्त्रीकै पदमा राखिराख्ने ?


काठमाडाैं । दलित अभियन्ताहरुले गृहमन्त्री रमेश लेखकमाथि छानविन गरी कारबाहीको माग गरेका छन् । दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारको नेतृत्वमा नेपाली कांग्रेसको केन्द्रीय कार्यालय पुगेको टोलीले सर्लाहीको बरहथवा नगरपालिकाका सत्येन्द्र राम र नेहा रौनियारमाथि गृहमन्त्रीकै निर्देशनमा अत्याचार भएको भन्दै कारबाहीको माग गरेका हुन् ।

गृहमन्त्री लेखकले ६० लाख दलितमाथि अत्याचार गरेको, सामाजिक सद्भाव भड्काएको र समाजमा घृणा फैलाएको अभियन्ता सुनारको दाबी छ । उनले गहृमन्त्री लेखक अपराधमा संलग्न भएको दाबी गर्दै कारबाही गर्ने कि पदमा राखिराख्ने ? भनी कांग्रेसलाई प्रश्न गरे ।

‘गृहमन्त्रीले अपराध स्वीकार गरिसकेका छन्, प्रहरीले हो भनिसकेको छ । गृहमन्त्रीको पदमा बसेका रमेश लेखकले ६० लाख दलितमाथि जुन अपराध गरेका छन्, अत्याचार गरेका छन्, अपमान गरेका छन्, सामाजिक सद्भाव भड्काउने काम गरेका छन् । घृष्णा फैलाउने काम गरेका छन् । मिलेर बसेको समाजलाई गृहमन्त्रीको जिम्मेवारीमा बसेका, जनताको जिउधनको रक्षा गर्ने जिम्मा लिएर बसेका नेपाली कांग्रेसका नेता र अहिलेका गृहमन्त्रीले गरेको अपराधमा हामी नेपाली कांग्रेसलाई आज हामी सोध्न आएका छौं । अपराधमा संलग्न भएका गृहमन्त्रीलाई पदमा राख्नेकी उनले गरेको दुष्कर्मको आधारमा उनलाई पार्टीले गर्नुपर्ने कारबाही गरेर दलितमाथि गरेको अपराधको विरुद्धमा कांग्रेसले पहल गर्ने भन्नका लागि हामीले ध्यानाकार्षण गराउन आएका छौं,’– उनले भने ।


प्रकाशित मिति: २५ माघ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?