Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

एक वर्षमै विवाह टुंग्याउने तिम्राे निर्णयलाई स्यालुट एलीना !


प्रिय एलीना,

तिमीले आफ्नो विवाह एक वर्षमै टुंग्याउने निर्णय लियौ, र मलाई थाहा छ, यो सजिलो निर्णय थिएन। समाजले प्रश्न गर्‍यो होला, परिवारले चिन्ता व्यक्त गर्‍यो होला, र धेरैले तिम्रो निर्णय बुझ्न सकेन होला। तर म बुझ्छु किनभने तिमीले आफूलाई गुमाउन चाहेनौ।

साँच्चै, संगीत तिमीभित्र बाँचिरहेको थियो, तिमी त्यसैमा हराउन चाहन्थ्यौ। कसैले तिम्रो पखेटा काटेर घरको सानो खाँबोमा बाँध्न खोज्यो, तर तिमी उड्न चाहन्थ्यौ। विवाह एउटा सम्बन्ध हो, बाँधिनु होइन। जब सम्बन्धले तिमीलाई साँघुरो बनाउँछ, तिम्रो सपनालाई थिच्छ, तब त्यसलाई निरन्तरता दिनुको कुनै अर्थ हुँदैन।

तिम्रो आँटलाई म सलाम गर्छु। धेरै महिलाहरू समाजको डरले आफूलाई बिर्सेर अरूको चाहनामा बाँच्न बाध्य हुन्छन्। तर तिमीले आफूलाई चुनेउ, आफ्ना सपनालाई चुनेउ। संगीत तिम्रो आत्मा हो, र तिमीले त्यसैलाई अँगाल्यौ।

तिमीले जस्तो निर्णय लियौ, त्यसले तिमीलाई अझ बलियो बनाओस्। तिम्रो स्वर, तिम्रो संगीत संसारभरि गुञ्जिरहोस्। यदि कहिल्यै थाक्यौ भने, सम्झनू तिमी एक यस्ती साहसी आत्मा हौ जसले परम्परागत सिमानाहरू तोडेर आफ्नो बाटो आफैं कोरिन्।

तिम्रो साथमा,
ऋचा शर्मा


प्रकाशित मिति: २५ माघ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?