Trending
>>   एनभिए भलिबलः महिलातर्फ पुलिस र न्यु डायमण्डले उपाधिका लागि प्रतिष्पर्धा गर्ने >>   महाधिवेशन प्रतिनिधिलाई महामन्त्री थापाले भने– पुसभित्र विषेश महाधिवेशन हुन्छ, काठमाडौंमा भेटौँला >>   महामन्त्रीद्वयको असन्तुष्टिबीच काँग्रेस केन्द्रिय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप >>   भोलिको सुरक्षित नेपाल आजका युवाबाट नै निर्माण हुन्छः गृहमन्त्री अर्याल >>   समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने >>   मुस्लिम आयोगका पूर्वअध्यक्ष अन्सारीको अध्यक्षतामा ‘राष्ट्र निर्माण दल’ घोषणा >>   जलविद्युत प्रभावित क्षेत्रलाई उचित क्षतिपूर्तिको व्यवस्थासहित कानून निर्माण हुन्छः कानूनमन्त्री सिन्हा >>   आयोगले निर्वाचनमा सूचना प्रविधिको प्रयोगमा प्रोत्साहन गर्ने नीति लिएको छः प्रवक्ता भट्टराई >>   स्थानीयको मागलाई बेवास्ता गरेर कुनैपनि विद्युत आयोजना अघि बढाइँदैनः मन्त्री घिसिङ >>   इक्यान सचिव पदका लागि सुरज सिलवालको उम्मेदवारी घोषणा
Logo
१८ पुष २०८२, शुक्रबार
१८ पुष २०८२, शुक्रबार

संसद् बैठकमा मागियाे गृहमन्त्री र आईजीपीमाथि छानविन र कारबाही !


काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का नेता एवं प्रतिनिधि सभा सदस्य प्रकाश ज्वालाले गृहमन्त्री रमेश लेखक, नेपाली प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरलगायतमाथि अनुसन्धानको माग गरेका छन् ।सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र राममाथि गृहमन्त्री लेखकको निर्देशनमा प्रहरीले ज्यादति गरेको भन्दै उनले अनुसन्धान गरी कारबाहीको माग गरेका हुन् । अन्तरजातीय विवाह गरेका नेहा र सत्येन्द्रलाई प्रहरीले भारत पुगेर पक्रेर ल्याएको घटना बाहिरिएको थियो । अदालती विवाह गरेका जोडीविरुद्ध पुनः अर्को अदालतमा मुद्दा दायर भएको थियो ।

उक्त घटनाको बारेमा बोल्दै नेता ज्वालाले भने, ‘उक्त दम्पतीलाई मुम्बइबाट पक्राउ गरेर ल्याएर यातना दिने, यातना दिनका निम्ति, अत्याचार गर्नका निम्ति निर्देशन दिने गृहमन्त्री र आईजीपीलगायतलाई छानविन गरी दोषीलाई कडाभन्दा कडा कारबाही गरियोस्,’– उनले भने ।साथै, उनले दाङको स्वर्गद्वारी गुठी पीडित किसानहरुको समस्या समाधान गर्न सरकारको ध्यानाकार्षण गराए । नेता ज्वालाले सरकार अहिले कानमा तेल हालेर सुतिरहेको टिप्पणी गरे । किसानहरुको आन्दोलनमा आफ्नो दलको पूर्ण समर्थन रहेको पनि उनले बताए । ‘दाङको स्वर्गद्वारी गुठी पीडित किसानहरु अहिले माइतीघर मण्डलामा धर्नामा छन् । चिसोमा कठ्याङ्ग्रिएका छन्, सरकारले कानमा तेल हालेर बसिरहेको छ । उनीहरुको माग सरकारले तुरुन्त सुनोस्, यो आन्दोलनप्रति हाम्रो दलको पूर्ण एैक्यवद्धता छ,’– उनले भने ।


प्रकाशित मिति: २५ माघ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?