Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

संसद् बैठकमा मागियाे गृहमन्त्री र आईजीपीमाथि छानविन र कारबाही !


काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का नेता एवं प्रतिनिधि सभा सदस्य प्रकाश ज्वालाले गृहमन्त्री रमेश लेखक, नेपाली प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरलगायतमाथि अनुसन्धानको माग गरेका छन् ।सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र राममाथि गृहमन्त्री लेखकको निर्देशनमा प्रहरीले ज्यादति गरेको भन्दै उनले अनुसन्धान गरी कारबाहीको माग गरेका हुन् । अन्तरजातीय विवाह गरेका नेहा र सत्येन्द्रलाई प्रहरीले भारत पुगेर पक्रेर ल्याएको घटना बाहिरिएको थियो । अदालती विवाह गरेका जोडीविरुद्ध पुनः अर्को अदालतमा मुद्दा दायर भएको थियो ।

उक्त घटनाको बारेमा बोल्दै नेता ज्वालाले भने, ‘उक्त दम्पतीलाई मुम्बइबाट पक्राउ गरेर ल्याएर यातना दिने, यातना दिनका निम्ति, अत्याचार गर्नका निम्ति निर्देशन दिने गृहमन्त्री र आईजीपीलगायतलाई छानविन गरी दोषीलाई कडाभन्दा कडा कारबाही गरियोस्,’– उनले भने ।साथै, उनले दाङको स्वर्गद्वारी गुठी पीडित किसानहरुको समस्या समाधान गर्न सरकारको ध्यानाकार्षण गराए । नेता ज्वालाले सरकार अहिले कानमा तेल हालेर सुतिरहेको टिप्पणी गरे । किसानहरुको आन्दोलनमा आफ्नो दलको पूर्ण समर्थन रहेको पनि उनले बताए । ‘दाङको स्वर्गद्वारी गुठी पीडित किसानहरु अहिले माइतीघर मण्डलामा धर्नामा छन् । चिसोमा कठ्याङ्ग्रिएका छन्, सरकारले कानमा तेल हालेर बसिरहेको छ । उनीहरुको माग सरकारले तुरुन्त सुनोस्, यो आन्दोलनप्रति हाम्रो दलको पूर्ण एैक्यवद्धता छ,’– उनले भने ।


प्रकाशित मिति: २५ माघ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?