Trending
>>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय >>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ >>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

मुख्य समाचार


पूर्वमन्त्री, राजनीतिक दलका नेता र व्यपारीको सुरक्षार्थ खटाइएका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाइयोस्ः सांसद ज्वाला

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले भुतपूर्व मन्त्री, राजनीतिक दलका नेता र व्यापारीहरुको सुरक्षार्थ खटाइएका सुरक्षाकर्मीहरुलाई तत्काल फिर्ता बोलाउनज माग गरेका छन् । प्रतिनिधि सभाको शनिवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले सरकारले अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका धेरै सुरक्षाकर्मीहरुलाई भुतपूर्व मन्त्रीहरु, कतिपय

प्रधानमन्त्री ओलीद्वारा स्पेन भ्रमणबारे सदनलाई जानकारी

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे सदनलाई जानकारी गराएका छन् । प्रतिनिधि सभाको शनिवारको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्पेन भ्रमणबारे सदनलाई जानकारी गराएका हुन् । शनिवार साँझ संयुक्त राष्ट्रसंघको विकासको लागि वित्त चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन भ्रमणमा जान लागेको बताए । स्पेनमा आयोजना हुने यो सम्मेलन

सुमिरे टुर एण्ड ट्राभल्सले भिजिट भिसाका नाममा हजारौँ नागरिकबाट अर्बौं असुली गरिरहेको छ, निष्पक्ष छानविन होस्ः सांसद खतिवडा

काठमाडौँ। नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले सुमिरे टुर एण्ड ट्राभल्सले विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौँ मानिसबाट अर्बौैं रुपैयाँ लिएर बद्मासी गरिरहेको भन्दै निष्पक्ष छानविनको माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै उहाँले विगत १०

संसदमा रास्वपा र राप्रपाको आन्दोलन कायमै

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदमा अवरोध कायमै राखेका छन् । प्रतिनिधि सभाको शनिवारको बैठकमा पनि रास्वपा र राप्रपाले अवरोध कायम राखेका हुन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक पनि मुछिनुभएको आरोप लगाउँदै रास्वपा र राप्रपाले अवरोध जारी राखेका हुन् । बैठकमा बोल्दै रास्वपा सांसद गणेश

उच्चस्तरीय छानविन आयोग नबनेसम्म संसदमा आन्दोलन जारी रहन्छः रास्वपा

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले संसद अवरोध कायमै राख्ने बताएको छ । शनिवार संसद भवनमा बसेको पार्टीको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । बैठकको निर्णयबारे जानकारी गराउँदै पार्टीका सांसद हरिप्रसाद ढकालले सदन अवरुद्ध कायमै रहने बताए । उनले सरकारले बनाएको छानविन समिति झारो टार्ने र मुद्दा ओझेल पार्न बनाइएको

अहिले ल्याइएको बजेट ०६४ साल यताकै व्यवहारिकः काँग्रेस सांसद जबरा

काठमाडौं। नेपाली काँग्रेसका सांसद उदय शमशेर जबराले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट ०६४ साल यताका कम्युनिष्ट अर्थमन्त्रीहरुले ल्याएको भन्दा व्यवहारिक भएको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको बजेट व्यवहारिक रहेको बताए । सरकारले ल्याएको बजेटले निजी क्षेत्रलाई पनि त्यत्तिकै

प्रारम्भिक बाल विकास तथा शिक्षालाई २ वर्षे कार्यक्रमको रूपमा सञ्चालन गर्ने सहमति

काठमाडौं। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले प्रारम्भिक बालविकास तथा शिक्षाको विषयमा सहमति जुटाएको छ । शुक्रवार विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफल गर्न सिंहदरबारमा बसेको समितिको बैठकले प्रारम्भिक बालविकास तथा शिक्षाको विषयमा सहमति जुटाएको हो । सहमतिअनुसार बाल विकास शिक्षालाई आधारभुत शिक्षामा समेटिएको छ । समिति

निर्वाचनसम्बन्धी संवैधानिक व्यवस्थाका कारण कुनैपनि पार्टीले एकल बहुमत पाउन गाह्रो छः सभापति देउवा

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमा भएको निर्वाचनसम्बन्धी व्यवस्थाका कारण कुनैपनि पार्टीलाई एकल महुमत ल्याउन गाह्रो हुने धारणा राखेका छन् । नेपाली काँग्रेस चितवनले शुक्रवार आयोजना गरेको प्रजातन्त्र सेनानी स्वर्गीय गौरीदेवी प्रधानको सातौँ दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलीसभामा बोल्दै सभापति देउवाले यस्तो धारणा राखेका हुन् । संविधानमा भएको समावेशी र

निजी विद्यालयहरूलाई शैक्षिक गुठीअन्तर्गत सञ्चालन गर्न चाहे छुट दिने प्रश्ताव शिक्षा समितिबाट पारित

काठमाडौं। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले निजी लगानीका विद्यालयहरूलाई शैक्षिक गुठी अन्तर्गत सञ्चालन गर्न प्रोत्साहन स्वरूप छुट दिने प्रश्ताव पारित गरेको छ । बिहीवार विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफल गर्न सिंहदरबारमा बसेको समितिको बैठकले उक्त प्रस्ताव पारित गरेको हो । समितिका सभापति अम्मरबहादुर थापाले निजी

आँपको उत्पादनमा वृद्धि गरी आयात प्रतिस्थापन गर्नुपर्छः मन्त्री अधिकारी

काठमाडौं। कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले देशमा आँपको उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्न सकिने बताएका छन । शुक्रवारदेखि काठमाडौंमा शुरु भएको ‘नेपाल म्याङ्गो फेस्ट २०२५’को अवलोकन गर्न पुग्नुभएका कृषिमन्त्री अधिकारीले यस्तो बताएका हुन् । उनले आँपको जात तथा उत्पादन सम्बन्धी वैज्ञानिक अनुसन्धान र क्षेत्रअनुसारको व्यवस्थापन राज्यको दायित्व भएको

सम्वन्धित समाचारहरु