Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

निजी विद्यालयहरूलाई शैक्षिक गुठीअन्तर्गत सञ्चालन गर्न चाहे छुट दिने प्रश्ताव शिक्षा समितिबाट पारित


काठमाडौं। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले निजी लगानीका विद्यालयहरूलाई शैक्षिक गुठी अन्तर्गत सञ्चालन गर्न प्रोत्साहन स्वरूप छुट दिने प्रश्ताव पारित गरेको छ ।

बिहीवार विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफल गर्न सिंहदरबारमा बसेको समितिको बैठकले उक्त प्रस्ताव पारित गरेको हो । समितिका सभापति अम्मरबहादुर थापाले निजी विद्यालयहरूको लगानीको हकमा प्रस्तावित व्यवस्थामा आएका सुझावहरूलाई समावेश गर्नेगरी निजी विद्यालयको स्थापना र सञ्चालन सम्बन्धी दफा ४ पारित भएको घोषणा गरे ।

समिति सभापति थापाले निजी विद्यालयहरू सार्वजनिक गुठीमा जान चाहेको खण्डमा प्रोत्साहन स्वरूप विभिन्न छुट र सुविधा दिने प्रश्ताव पेश गरेका थिए । समिति बैठकमा सांसदहरूले निजी विद्यालयहरूलाई सेवामूलक, लोक कल्याणकारी र गैर नाफामूलक बनाई सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।


प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?