Trending
>>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर >>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा >>   प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै >>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

आँपको उत्पादनमा वृद्धि गरी आयात प्रतिस्थापन गर्नुपर्छः मन्त्री अधिकारी


काठमाडौं। कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले देशमा आँपको उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्न सकिने बताएका छन ।

शुक्रवारदेखि काठमाडौंमा शुरु भएको ‘नेपाल म्याङ्गो फेस्ट २०२५’को अवलोकन गर्न पुग्नुभएका कृषिमन्त्री अधिकारीले यस्तो बताएका हुन् । उनले आँपको जात तथा उत्पादन सम्बन्धी वैज्ञानिक अनुसन्धान र क्षेत्रअनुसारको व्यवस्थापन राज्यको दायित्व भएको उल्लेख गर्दै त्यसका लागि किसानहरुले समेत सहयोग गर्न जरुरी रहेको बताए । उनले किसानले उत्पादन बढाउन सकेको खण्डमा आयात प्रतिस्थापन गर्न सकिने बताए ।

उनले भने, ‘आँपका विरुवाहरुको अनुसन्धान गरेर कहाँ कस्तो आपँ फल्छ भनेर व्यवस्थापन गर्नुपर्ने दायित्व राज्यसँग हुन्छ । तर त्यसको व्यवस्थापनमा किसानहरुले पनि चासो राखिदिनुभयो भने आँपको विकासका लागि हामी बाहिर जानुपर्दैन । त्यसो गर्न सकियो भने बाहिरबाट आँप मगाएर खानुपर्छ भन्ने मान्यता मैले आजको मेलाबाट अनुभव गरे । आँपको मूल्यको कुरा समयमा पनि भर पर्छ । आँपमा मूल्य पाइन भन्ने गुनासो छैन होला सायद । हामीले उत्पादन राम्रो गर्न सक्नुपर्यो । आपँको उत्पादनमा वृद्धि गरी आयात कम गर्नको लागि प्रयत्न भइरहेको छ ।’

नेपालमा बढ्दो आँपको मागलाई ध्यानमा राख्दै सरकार आँपको उत्पादनमा वृद्धि गर्न दीर्घकालीन योजना बनाइरहेको समेत उनको भनाइ छ । सो अवसरमा बोल्दै एसिमोडकी मूल्य परिवर्तन विशेषज्ञ अनु जोशी श्रेष्ठले विगत केही वर्षदेखि मधेस प्रदेशलाई आँपको सुपरजोनको रुपमा विकास गर्नको लागि आफूहरु लागिपरेको बताए । मधेस प्रदेशमा आँपको ठुलो सम्भावना भएको भएपनि सरकारले चासो नदिएको कारण समस्या परेको समेत उनको भनाइ छ । श्रेष्ठका अनुसार मधेश प्रदेशमा उत्पादित आँप बजारको समस्याका कारण नेपालीले नै खान नपाएको कारण आफूहरु जागृत भएको बताए ।

नेपाली आँपको विविधता, स्वाद र मूल्य श्रृंखला प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा १० भन्दा बढी प्रजातिका आँप प्रदर्शन तथा विक्रीका लागि राखिएका छन् ।


प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?