Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

आँपको उत्पादनमा वृद्धि गरी आयात प्रतिस्थापन गर्नुपर्छः मन्त्री अधिकारी


काठमाडौं। कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले देशमा आँपको उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्न सकिने बताएका छन ।

शुक्रवारदेखि काठमाडौंमा शुरु भएको ‘नेपाल म्याङ्गो फेस्ट २०२५’को अवलोकन गर्न पुग्नुभएका कृषिमन्त्री अधिकारीले यस्तो बताएका हुन् । उनले आँपको जात तथा उत्पादन सम्बन्धी वैज्ञानिक अनुसन्धान र क्षेत्रअनुसारको व्यवस्थापन राज्यको दायित्व भएको उल्लेख गर्दै त्यसका लागि किसानहरुले समेत सहयोग गर्न जरुरी रहेको बताए । उनले किसानले उत्पादन बढाउन सकेको खण्डमा आयात प्रतिस्थापन गर्न सकिने बताए ।

उनले भने, ‘आँपका विरुवाहरुको अनुसन्धान गरेर कहाँ कस्तो आपँ फल्छ भनेर व्यवस्थापन गर्नुपर्ने दायित्व राज्यसँग हुन्छ । तर त्यसको व्यवस्थापनमा किसानहरुले पनि चासो राखिदिनुभयो भने आँपको विकासका लागि हामी बाहिर जानुपर्दैन । त्यसो गर्न सकियो भने बाहिरबाट आँप मगाएर खानुपर्छ भन्ने मान्यता मैले आजको मेलाबाट अनुभव गरे । आँपको मूल्यको कुरा समयमा पनि भर पर्छ । आँपमा मूल्य पाइन भन्ने गुनासो छैन होला सायद । हामीले उत्पादन राम्रो गर्न सक्नुपर्यो । आपँको उत्पादनमा वृद्धि गरी आयात कम गर्नको लागि प्रयत्न भइरहेको छ ।’

नेपालमा बढ्दो आँपको मागलाई ध्यानमा राख्दै सरकार आँपको उत्पादनमा वृद्धि गर्न दीर्घकालीन योजना बनाइरहेको समेत उनको भनाइ छ । सो अवसरमा बोल्दै एसिमोडकी मूल्य परिवर्तन विशेषज्ञ अनु जोशी श्रेष्ठले विगत केही वर्षदेखि मधेस प्रदेशलाई आँपको सुपरजोनको रुपमा विकास गर्नको लागि आफूहरु लागिपरेको बताए । मधेस प्रदेशमा आँपको ठुलो सम्भावना भएको भएपनि सरकारले चासो नदिएको कारण समस्या परेको समेत उनको भनाइ छ । श्रेष्ठका अनुसार मधेश प्रदेशमा उत्पादित आँप बजारको समस्याका कारण नेपालीले नै खान नपाएको कारण आफूहरु जागृत भएको बताए ।

नेपाली आँपको विविधता, स्वाद र मूल्य श्रृंखला प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा १० भन्दा बढी प्रजातिका आँप प्रदर्शन तथा विक्रीका लागि राखिएका छन् ।


प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?