Trending
>>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय >>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ >>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित)
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय


तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय

काठमाडौं । तातोपानी–झाङ्मु र लिजी–कोराला नाका सुचारु गर्न चीनसँग आवश्यक समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

शुक्रवार सिंहदरबारस्थित मन्त्रालयमा नियमित पत्रकार सम्मेलनको आयोजना गर्दै सो जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नेपाल–चीनबीचको व्यापार प्रभावित हुन नदिन वैकल्पिक नाकाहरू सञ्चालनमा ल्याउने विषयमा चीनसँग आवश्यक समन्वय भइरहेको बताएका छन् । गत १० भदौमा भोटेकोशीमा आएको विनाशकारी बाढीपछि रसुवागढी नाका बन्द भएको थियो । नाका बन्द हुँदा नेपाल–चीनबीचको आवागमन तथा व्यापारमा सहजता कायम राख्न सरकारले तातोपानी नाका खुला गर्न चीन सरकारसँग आग्रह गर्दै आएको छ । प्रवक्ता क्षेत्रीले सरकारले विदेशमा रहेका नेपालको ऐतिहासिक तथा पुरातात्विक सम्पदा र दस्तावेज स्वदेश फिर्ता ल्याउने तथा संरक्षण र प्रवद्र्धन गर्ने कामलाई पनि अघि बढाएको बताएका छन् । सोहीअनुसार जर्मन नागरिक स्वर्गीय जोसेफ पिटर रिन्फ्लाइजको निजी संग्रहमा रहेका १३औँदेखि २०औँ शताब्दीसम्मका ८ सय भन्दा बढी लिखित दस्तावेज नेपाललाई हस्तान्तरण गरिएको जानकारी दिए । उनले क्षेत्रीय तथा उपक्षेत्रीय संगठनहरूमा नेपालको सहभागिता, नेतृत्व र प्रतिनिधित्वलाई राष्ट्रिय हितअनुकूल बनाउँदै आपसी हित प्रवद्र्धन गर्ने कामलाई समेत अघि बढाइएको बताएका छन् ।

उनले भने, ‘गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चात रसुवागढी नाका बन्द भएको विषय अवगत नै छ । नेपाल–चीनबीचको आवागमन र व्यापारलाई सहज बनाउने दिशामा मन्त्रालयबाट तातोपानी–झाङमु र लिजी– कोराला लगायतका नाकाहरु खुलाउने विषयमा हाल आवश्यक समन्वय भइरहेको छ । रसुवागढी नाका बन्द चीनसँगको व्यापार बन्द नहोस् भन्ने उद्देश्यले परराष्ट्र मन्त्रालयले आवश्यक पहल गरिरहेको छ । विभिन्न समयमा विभिन्न कारणले विदेश पुगेका नेपालको ऐतिहासिक तथा पुरातात्विक सम्पदा र दस्तावेजहरु स्वदेश फिर्ता ल्याई तिनको संरक्षण तथा प्रवर्धन गर्ने दिशामा सरकारबाट आवश्यक कार्यहरु हाल भइरहेको छ । जर्मन नागरिक स्वर्गी य जोसेफ पिटर रिन्फ्लाइजको निजी संग्रहमा रहेका १३औँ देखि २०औँ शताब्दीसम्मका ८ सयभन्दा बढी लिखित कागजातहरु २ अक्टोबर २०२६ मा नेपालको राष्ट्रिय अभिलेखालयमा आयोजित कार्यक्रममा जर्मनीको हाइडेलबर्ग युनिभर्सिटीका प्रोफेसर डाक्टर एक्सल मिखाएल्स, त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरु, शोधकर्ताहरु डाक्टर माणिक वज्राचार्य र डाक्टर राजन खतिवडाले संयुक्त रुपमा माननीय परराष्ट्र मन्त्री शिशिर खनाललाई हस्तान्तरण गर्नुभएको छ । क्षेत्रीय सहकार्य प्रवर्धन गर्ने नीति अनुरुप नेपाल आबद्ध रहेका क्षेत्रीय तथा उपक्षेत्रीय संगठनहरुमा नेपालको राष्ट्रिय हित अनुकूल हुनेगरी तथा सरोकारवाला सबैसँग समन्वय गर्दै नेपालको नेतृत्व, प्रतिनिधित्व तथा आपसी हितलाई प्रवर्धन गर्ने विषय समेत अगाडि बढाइएको छ ।’

उनले परराष्ट्रमन्त्री शिशिर खनालको अस्ट्रेलिया भ्रमणबारे समेत जानकारी गराएका छन् ।


प्रकाशित मिति: २३ आश्विन २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?