Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

प्रधानमन्त्री ओलीद्वारा स्पेन भ्रमणबारे सदनलाई जानकारी


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे सदनलाई जानकारी गराएका छन् ।

प्रतिनिधि सभाको शनिवारको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्पेन भ्रमणबारे सदनलाई जानकारी गराएका हुन् । शनिवार साँझ संयुक्त राष्ट्रसंघको विकासको लागि वित्त चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन भ्रमणमा जान लागेको बताए । स्पेनमा आयोजना हुने यो सम्मेलन एक दशमा आयोजना गरिने बताए । असार १४ गते साँझ ६ बजे कतार एयरवेजको जहाजबाट दोहा हुँदै यात्रा शुरु हुने बताएका छन् ।

असार १५ गते स्पेन पुग्ने बताए । भ्रमण टोलीमा २१ जना सहभागी हुने बताए । भ्रमणको दोस्रो दिन सेभिया पुग्ने र नागरिक समाजले आयोजना गरेको कार्यक्रममा सहभागी हुने बताएका छन् । स्पेनका प्रधानमन्त्रीसँग साँझ भेट गर्ने कार्यक्रम रहेको बताए । स्पेनका नरेशद्वारा स्वागत गरिने कार्यक्रममा १५ सहभागी हुने बताएका हुन् ।


प्रकाशित मिति: १४ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?