Trending
>>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग >>   जनताका प्रश्नको उत्तर नपाएरै रित्तो हात फर्किनुपर्‍योः सांसद राई >>   म्यादी प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरणः मनिष झाको संयोजकत्वमा अध्ययन समिति गठन >>   म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा लेखा समितिको मौनताप्रति खगेन्द्र सुनारको प्रश्न >>   नेपाल एयरलाइन्स अब बिग्रिने ठाउँ नै छैन, निजी कम्पनी हुन्थ्यो भने बन्द भैसक्थ्यो:पर्यटनमन्त्री >>   नेपाल वायुसेवा निगमको लज्जास्पद अवस्था अन्त्य गर्न आवश्यकःएमाले सांसद कार्की >>   संकटको घेरामा नेपाल वायुसेवा निगम: महँगो ऋण र जहाज अभावले थलिए राष्ट्रिय ध्वजावाहक >>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

निर्वाचनसम्बन्धी संवैधानिक व्यवस्थाका कारण कुनैपनि पार्टीले एकल बहुमत पाउन गाह्रो छः सभापति देउवा


काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमा भएको निर्वाचनसम्बन्धी व्यवस्थाका कारण कुनैपनि पार्टीलाई एकल महुमत ल्याउन गाह्रो हुने धारणा राखेका छन् ।

नेपाली काँग्रेस चितवनले शुक्रवार आयोजना गरेको प्रजातन्त्र सेनानी स्वर्गीय गौरीदेवी प्रधानको सातौँ दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलीसभामा बोल्दै सभापति देउवाले यस्तो धारणा राखेका हुन् । संविधानमा भएको समावेशी र समानुपातिक प्रणालीकै कारण कुनैपनि पार्टीले एकल बहुमत ल्याउन नसक्ने उनको भनाइ छ । उनले निर्वाचनमा टिकट नपाए आफ्नै नेतालाई हराईदिने पार्टीभित्रको रोगको अन्त्य गर्न जरुरी रहेको समेत बताए । काँग्रेसकै कारण प्रधानमन्त्री र सभापति हुन पाएको उल्लेख गर्दै उनले पार्टीलाई बलियो बनाउनुबाहेक आफूमा कुनै अरु सोच नरहेको समेत बताएका छन् ।

उनले भने, ‘अहिलेको संविधान राम्रो, समावेशी र समानुपातिक छ । सबै जातिहरुको प्रतिनिधत्व भएको छ संविधानमा । तर कुनैपनि पार्टीको बहुमत आउन गाह्रो छ । एक्लै कुनैपनि पार्टीले बहुमत ल्याउन निकै गाह्रो छ । फेरी हाम्रो पार्टीमा रोग पनि रहेको छ । टिकट त एकजनाले मात्रै पाउँछ नि । नपाउनेले निर्वाचनमा हराईहाल्छ । त्यसकारण पार्टीभित्रको यो रोग पनि हटाउन आवश्यक रहेको छ । मेरो त उमेर भइसकेको छ । तर यही पार्टीको कारणले सभापति र प्रधानमन्त्री भएँ । त्यसैले पनि यो पार्टीलाई बलियो र राम्रो बनाउने मेरो उद्देश्य छ । मैले अघि नै भनिसके हाम्रो संविधान समावेशी र समानुपातिक छ तर कुनै न कुनै पार्टीसँग मिल्नैपर्ने आवश्यकता छ ।’

संविधानको रक्षा गर्दै एकल बहुमत ल्याउनसक्ने गरी सबै मिलेर संगठन निर्माणमा लाग्नुपर्ने उनको भनाइ छ ।


प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?