Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

निर्वाचनसम्बन्धी संवैधानिक व्यवस्थाका कारण कुनैपनि पार्टीले एकल बहुमत पाउन गाह्रो छः सभापति देउवा


काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमा भएको निर्वाचनसम्बन्धी व्यवस्थाका कारण कुनैपनि पार्टीलाई एकल महुमत ल्याउन गाह्रो हुने धारणा राखेका छन् ।

नेपाली काँग्रेस चितवनले शुक्रवार आयोजना गरेको प्रजातन्त्र सेनानी स्वर्गीय गौरीदेवी प्रधानको सातौँ दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलीसभामा बोल्दै सभापति देउवाले यस्तो धारणा राखेका हुन् । संविधानमा भएको समावेशी र समानुपातिक प्रणालीकै कारण कुनैपनि पार्टीले एकल बहुमत ल्याउन नसक्ने उनको भनाइ छ । उनले निर्वाचनमा टिकट नपाए आफ्नै नेतालाई हराईदिने पार्टीभित्रको रोगको अन्त्य गर्न जरुरी रहेको समेत बताए । काँग्रेसकै कारण प्रधानमन्त्री र सभापति हुन पाएको उल्लेख गर्दै उनले पार्टीलाई बलियो बनाउनुबाहेक आफूमा कुनै अरु सोच नरहेको समेत बताएका छन् ।

उनले भने, ‘अहिलेको संविधान राम्रो, समावेशी र समानुपातिक छ । सबै जातिहरुको प्रतिनिधत्व भएको छ संविधानमा । तर कुनैपनि पार्टीको बहुमत आउन गाह्रो छ । एक्लै कुनैपनि पार्टीले बहुमत ल्याउन निकै गाह्रो छ । फेरी हाम्रो पार्टीमा रोग पनि रहेको छ । टिकट त एकजनाले मात्रै पाउँछ नि । नपाउनेले निर्वाचनमा हराईहाल्छ । त्यसकारण पार्टीभित्रको यो रोग पनि हटाउन आवश्यक रहेको छ । मेरो त उमेर भइसकेको छ । तर यही पार्टीको कारणले सभापति र प्रधानमन्त्री भएँ । त्यसैले पनि यो पार्टीलाई बलियो र राम्रो बनाउने मेरो उद्देश्य छ । मैले अघि नै भनिसके हाम्रो संविधान समावेशी र समानुपातिक छ तर कुनै न कुनै पार्टीसँग मिल्नैपर्ने आवश्यकता छ ।’

संविधानको रक्षा गर्दै एकल बहुमत ल्याउनसक्ने गरी सबै मिलेर संगठन निर्माणमा लाग्नुपर्ने उनको भनाइ छ ।


प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?