Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

सुमिरे टुर एण्ड ट्राभल्सले भिजिट भिसाका नाममा हजारौँ नागरिकबाट अर्बौं असुली गरिरहेको छ, निष्पक्ष छानविन होस्ः सांसद खतिवडा


काठमाडौँ। नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले सुमिरे टुर एण्ड ट्राभल्सले विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौँ मानिसबाट अर्बौैं रुपैयाँ लिएर बद्मासी गरिरहेको भन्दै निष्पक्ष छानविनको माग गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै उहाँले विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौँ मान्छे पठाएर अर्बौं पैसा लिएर संसदमा प्रतिनिधित्व गर्ने र संसद किनेर पार्टीबाट प्रतिनिधित्व गरेर भिजिट भिसामा बद्मासी गर्ने काम भएको बताए । केही मानिसहरु यदाकदा संसदमा आएर उफ्रिने काम भएको पनि बताएका छन् । यसमा निष्पक्ष छानविन गरी कारबाहीको दायरा अघि बढाउन माग गरे ।

उनले भने, ‘आफ्ना कुरा राख्ने, अरु माननीय सदस्यहरुले कुरा राख्न थाल्दा नारा लगाउने प्रक्रिया संसदमा जारी छ, यसलाई अन्त्य गर्न अनुरोध गर्न चाहन्छु । सुमिरे टुर एण्ड ट्राभल्स भन्ने कसको ट्राभल्स हो । विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौँ मान्छे पठाएर अर्बौं पैसा लिएर संसदमा प्रतिनिधित्व गर्ने र संसद किनेर पार्टीबाट प्रतिनिधित्व गरेर भिजिट भिसामा बद्मासी गर्ने काम भएको छ र तिनै मान्छेहरु यदाकदा संसदमा आएर उफ्रिने काम भएको छ, यसमा निष्पक्ष छानविन भएर कारबाहीको दायरा अघि बढोस् ।’

सांसद खतिवडाले आफ्ना कुरा राख्ने, अरु माननीय सदस्यहरुले कुरा राख्न थाल्दा नारा लगाउने प्रक्रिया संसदमा जारी रहेको भन्दै यसको अन्त्य गर्न आग्रह गरे ।


प्रकाशित मिति: १४ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?