Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

सुमिरे टुर एण्ड ट्राभल्सले भिजिट भिसाका नाममा हजारौँ नागरिकबाट अर्बौं असुली गरिरहेको छ, निष्पक्ष छानविन होस्ः सांसद खतिवडा


काठमाडौँ। नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले सुमिरे टुर एण्ड ट्राभल्सले विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौँ मानिसबाट अर्बौैं रुपैयाँ लिएर बद्मासी गरिरहेको भन्दै निष्पक्ष छानविनको माग गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै उहाँले विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौँ मान्छे पठाएर अर्बौं पैसा लिएर संसदमा प्रतिनिधित्व गर्ने र संसद किनेर पार्टीबाट प्रतिनिधित्व गरेर भिजिट भिसामा बद्मासी गर्ने काम भएको बताए । केही मानिसहरु यदाकदा संसदमा आएर उफ्रिने काम भएको पनि बताएका छन् । यसमा निष्पक्ष छानविन गरी कारबाहीको दायरा अघि बढाउन माग गरे ।

उनले भने, ‘आफ्ना कुरा राख्ने, अरु माननीय सदस्यहरुले कुरा राख्न थाल्दा नारा लगाउने प्रक्रिया संसदमा जारी छ, यसलाई अन्त्य गर्न अनुरोध गर्न चाहन्छु । सुमिरे टुर एण्ड ट्राभल्स भन्ने कसको ट्राभल्स हो । विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौँ मान्छे पठाएर अर्बौं पैसा लिएर संसदमा प्रतिनिधित्व गर्ने र संसद किनेर पार्टीबाट प्रतिनिधित्व गरेर भिजिट भिसामा बद्मासी गर्ने काम भएको छ र तिनै मान्छेहरु यदाकदा संसदमा आएर उफ्रिने काम भएको छ, यसमा निष्पक्ष छानविन भएर कारबाहीको दायरा अघि बढोस् ।’

सांसद खतिवडाले आफ्ना कुरा राख्ने, अरु माननीय सदस्यहरुले कुरा राख्न थाल्दा नारा लगाउने प्रक्रिया संसदमा जारी रहेको भन्दै यसको अन्त्य गर्न आग्रह गरे ।


प्रकाशित मिति: १४ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?