Trending
>>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय >>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ >>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित)
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन


काठमाडौं ।पोखरा महानगरपालिका वडा नं. २८ माझठानामा विद्यार्थी बोकेको कालिका बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन र भविष्यमा यस्ता घटना दोहोरिन नदिन पोखरा महानगरपालिकाले ५ सदस्यीय छानबिन समिति गठन गरेको हो । शुक्रवार बिहान ट्युसन पढ्न जाँदै गरेका विद्यार्थी बोकेको बस कालिकास्थित ओख्लेको भिरबाट खस्दा ५ जनाले ज्यान गुमाएका छन् । बसमा चालक, सहचालक र विद्यार्थी गरी २२ जना सवार थिए । घटनालगत्तै उद्धार कार्य शुरु गरिए पनि ५ जनालाई बचाउन नसकिएको महानगरका मेयर धनराज आचार्यले जानकारी दिएका छन् । दुर्घटनाको कारण पहिचान गर्न महानगरले वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिमा मेकानिकल इन्जिनियर, महानगर शिक्षा समितिका सदस्य, नगर प्रहरी निरीक्षक र ट्राफिक सहायक निरीक्षक सदस्य रहेका छन् । उक्त समितिलाई ५ दिनभित्र घटनाको विस्तृत अध्ययन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ । मेयर आचार्यले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरूको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् । घटनास्थलको निरीक्षणपछि बोल्दै मेयर आचार्यले भने, ‘सडकको अवस्था हेर्दा दुर्घटना हुने खालको बाटो देखिँदैन, तर पनि यसरी दुर्घटना हुनु गम्भीर विषय हो । छानबिन समितिले यसको प्राविधिक र अन्य पक्षबाट सत्यतथ्य बाहिर ल्याउनेछ ।’ यसअघि पनि विद्यालयका सवारीसाधनको सुरक्षा मापदण्डका विषयमा महानगरले कडाइ गरेको भएपनि पुनः दुर्घटना हुनुले चुनौती थपेको छ । विद्यालयका बसहरूमा अनिवार्य सुरक्षा मापदण्ड, नियमित जाँच र पहेँलो रङको मापदण्डको पालना भए–नभएको विषयमा अब थप कडाइ गरिने मेयर आचार्यले बताए । प्रतिवेदन प्राप्त भएपछि दोषीउपर कडा कारबाही प्रक्रिया अघि बढाउने महानगरको तयारी छ ।

काठमाडौं ।पोखरा महानगरपालिका वडा नं. २८ माझठानामा विद्यार्थी बोकेको कालिका बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन र भविष्यमा यस्ता घटना दोहोरिन नदिन पोखरा महानगरपालिकाले ५ सदस्यीय छानबिन समिति गठन गरेको हो । शुक्रवार बिहान ट्युसन पढ्न जाँदै गरेका विद्यार्थी बोकेको बस कालिकास्थित ओख्लेको भिरबाट खस्दा ५ जनाले ज्यान गुमाएका छन् । बसमा चालक, सहचालक र विद्यार्थी गरी २२ जना सवार थिए । घटनालगत्तै उद्धार कार्य शुरु गरिए पनि ५ जनालाई बचाउन नसकिएको महानगरका मेयर धनराज आचार्यले जानकारी दिएका छन् ।

दुर्घटनाको कारण पहिचान गर्न महानगरले वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिमा मेकानिकल इन्जिनियर, महानगर शिक्षा समितिका सदस्य, नगर प्रहरी निरीक्षक र ट्राफिक सहायक निरीक्षक सदस्य रहेका छन् । उक्त समितिलाई ५ दिनभित्र घटनाको विस्तृत अध्ययन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ । मेयर आचार्यले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरूको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् ।

घटनास्थलको निरीक्षणपछि बोल्दै मेयर आचार्यले भने, ‘सडकको अवस्था हेर्दा दुर्घटना हुने खालको बाटो देखिँदैन, तर पनि यसरी दुर्घटना हुनु गम्भीर विषय हो । छानबिन समितिले यसको प्राविधिक र अन्य पक्षबाट सत्यतथ्य बाहिर ल्याउनेछ ।’

यसअघि पनि विद्यालयका सवारीसाधनको सुरक्षा मापदण्डका विषयमा महानगरले कडाइ गरेको भएपनि पुनः दुर्घटना हुनुले चुनौती थपेको छ । विद्यालयका बसहरूमा अनिवार्य सुरक्षा मापदण्ड, नियमित जाँच र पहेँलो रङको मापदण्डको पालना भए–नभएको विषयमा अब थप कडाइ गरिने मेयर आचार्यले बताए । प्रतिवेदन प्राप्त भएपछि दोषीउपर कडा कारबाही प्रक्रिया अघि बढाउने महानगरको तयारी छ ।


प्रकाशित मिति: २३ आश्विन २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?