Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

अहिले ल्याइएको बजेट ०६४ साल यताकै व्यवहारिकः काँग्रेस सांसद जबरा


काठमाडौं। नेपाली काँग्रेसका सांसद उदय शमशेर जबराले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट ०६४ साल यताका कम्युनिष्ट अर्थमन्त्रीहरुले ल्याएको भन्दा व्यवहारिक भएको बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको बजेट व्यवहारिक रहेको बताए । सरकारले ल्याएको बजेटले निजी क्षेत्रलाई पनि त्यत्तिकै महत्व दिएको बताए । कम्युनिष्ट अर्थमन्त्रीले व्यवहारिक बजेट ल्याएपनि वागमती र मधेस प्रदेशको बजेट अर्थतन्त्र बुझ्ने काँग्रेसी नेताहरुका लागि लज्जाजनक रहेको बताएका छन् । एमाले र कम्युनिष्टहरुलाई अर्थतन्त्र कसरी चलाउने भनेर सिकाएको काँग्रेसले आफैँले नसिककोमा दुःख लागेको बताए ।

उनले भने, ‘अहिले सायद ०६४ सालपछि बजेट जुन एउटा कम्युनिष्ट अर्थमन्त्रीले ल्याएको छ । यो चाहीँ अलिकति व्यवहारिक बजेट हो की भन्ने मलाई लागेको छ । यसले निजी क्षेत्रलाई पनि अलिकति इन्करेज गरेको छ । तर अलिकति दुःख लाग्दो कुरा के छ भने एमालेको अर्थमन्त्रीले अलिकति व्यवहारिक बजेट ल्यायो । तर हाम्रो विशेष गरेर दुई वटा प्रदेशमा वागमती प्रदेश र मधेस प्रदेशमा जुन किसिमले बजेट ल्याएको छ, अलिअलि अर्थतन्त्र बुझ्ने हामी काँग्रेसीहरुले त मुखै छोप्ने परिस्थिति बनेको छ । हामीले आफूले आफूलाई हेर्नुपर्छ । एमाले र कम्युनिष्टहरुलाई अर्थतन्त्र कसरी चलाउने भनेर सिकायौँ, तर हामी आफैँले नसिककोमा दुःख लाग्दो भएको छ ।’

सांसद जबराले तीन करोडको सिलिङ राखेपनि बजेट आउँदा त्यस भन्दा तलका योजनाहरु पनि राखिएकोप्रति आपत्ति जनाए ।


प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?