Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

अहिले ल्याइएको बजेट ०६४ साल यताकै व्यवहारिकः काँग्रेस सांसद जबरा


काठमाडौं। नेपाली काँग्रेसका सांसद उदय शमशेर जबराले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट ०६४ साल यताका कम्युनिष्ट अर्थमन्त्रीहरुले ल्याएको भन्दा व्यवहारिक भएको बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको बजेट व्यवहारिक रहेको बताए । सरकारले ल्याएको बजेटले निजी क्षेत्रलाई पनि त्यत्तिकै महत्व दिएको बताए । कम्युनिष्ट अर्थमन्त्रीले व्यवहारिक बजेट ल्याएपनि वागमती र मधेस प्रदेशको बजेट अर्थतन्त्र बुझ्ने काँग्रेसी नेताहरुका लागि लज्जाजनक रहेको बताएका छन् । एमाले र कम्युनिष्टहरुलाई अर्थतन्त्र कसरी चलाउने भनेर सिकाएको काँग्रेसले आफैँले नसिककोमा दुःख लागेको बताए ।

उनले भने, ‘अहिले सायद ०६४ सालपछि बजेट जुन एउटा कम्युनिष्ट अर्थमन्त्रीले ल्याएको छ । यो चाहीँ अलिकति व्यवहारिक बजेट हो की भन्ने मलाई लागेको छ । यसले निजी क्षेत्रलाई पनि अलिकति इन्करेज गरेको छ । तर अलिकति दुःख लाग्दो कुरा के छ भने एमालेको अर्थमन्त्रीले अलिकति व्यवहारिक बजेट ल्यायो । तर हाम्रो विशेष गरेर दुई वटा प्रदेशमा वागमती प्रदेश र मधेस प्रदेशमा जुन किसिमले बजेट ल्याएको छ, अलिअलि अर्थतन्त्र बुझ्ने हामी काँग्रेसीहरुले त मुखै छोप्ने परिस्थिति बनेको छ । हामीले आफूले आफूलाई हेर्नुपर्छ । एमाले र कम्युनिष्टहरुलाई अर्थतन्त्र कसरी चलाउने भनेर सिकायौँ, तर हामी आफैँले नसिककोमा दुःख लाग्दो भएको छ ।’

सांसद जबराले तीन करोडको सिलिङ राखेपनि बजेट आउँदा त्यस भन्दा तलका योजनाहरु पनि राखिएकोप्रति आपत्ति जनाए ।


प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?