Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने


एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने

काठमाडौं । नेकपा (एमाले) ले आगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने भएको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टी स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् । उनकाअनुसार भेलामा पार्टीका प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी, पालिकाका अध्यक्ष, उपाध्यक्ष र जनप्रतिनिधिसहित संघ प्रदेश र पालिकाका जनप्रतिनिधि उपस्थित हुनेछन् । उनले अगामी मंसिर २६ गते वडा र पुस ४ गते पालिका अधिवेशन गर्ने निर्णय भएको पनि बताएका छन् । उपमहासचिव भट्टले नगर र वडा अधिवेशन लगत्तै सात वटै प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने निर्णय समेत गरेको छ । उनले बैठकमा पार्टीकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले शपथ समेत लिनुभएको बताएका छन् ।

उनले भने, ‘आजको बैठकमा चारवटा एजेण्डाहरु थिए । वरिष्ठ नेता विद्यादेवी भण्डारीले बैठकको आरम्भमै शपथ ग्रहण गर्नुभयो । अनि संगठनसम्बन्धी प्रश्तावमा विशेष छलफल भएर निर्णय भएको छ । त्यसैगरी, केन्द्रीय कमिटीबाट निर्णय हुन बाँकी बैठकका कार्यसूची अब भोलिको १ बजे बस्ने बैठठकमा गरिनेछ । मधेस प्रदेशमा समानुपातिक तर्फ रौतहट जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने जैनव खातुनको निधन भएको हुँदा त्यसको उसमा रिक्त स्थानको मापदण्ड अनुरूप क्रम संख्या ४२ तथा बन्द सूचीको क्रम संख्या क्रम ४० मा रहनुभएकी नाजमा खातुनलाई पठाउने निर्णय गरिएको छ । बैठकले अगामी मंसिर २६ मा वडा अधिवेशन, आगामी पौष ४ मा पालिका अधिवेशन, मंसिर पहिलो हप्ता राष्ट्रिय भेला गर्ने, पार्टीका प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी, पालिकाका अध्यक्ष, उपाध्यक्ष र जनप्रतिनिधिहरुसहित नगर र वडा अधिवेशनपछि प्रदेश स्तरीय भेला गर्ने निर्णय भएको छ । १३ वटा जिल्लामा अध्यक्ष पद खालि रहेको छ । त्यसको लागि स्थानीय कमिटीले नै निर्माण गरेर माथिल्लो कमिटीमार्फत अनुमोदन गराई त्यसपछि कार्यान्वयनमा जान्छ । त्यो आयोजक समितिको रुपमा रहन्छ ।’

उपमहासचिव भट्टले अध्यक्ष पद रिक्त रहेका १३ वटा जिल्लाको अध्यक्ष तोक्ने जिम्मेवारी पार्टीको तल्लो कमिटीलाई दिइएको समेत बताएका छन् ।


प्रकाशित मिति: २२ आश्विन २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?