Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

उच्चस्तरीय छानविन आयोग नबनेसम्म संसदमा आन्दोलन जारी रहन्छः रास्वपा


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले संसद अवरोध कायमै राख्ने बताएको छ ।

शनिवार संसद भवनमा बसेको पार्टीको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । बैठकको निर्णयबारे जानकारी गराउँदै पार्टीका सांसद हरिप्रसाद ढकालले सदन अवरुद्ध कायमै रहने बताए । उनले सरकारले बनाएको छानविन समिति झारो टार्ने र मुद्दा ओझेल पार्न बनाइएको समिति भएको आरोप लगाए । आफूहरुको माग उच्चस्तरीय छानविन समिति भएको र उच्चस्तरीय छानविन समिति नबनेसम्म आन्दोलन गरिरहने चेतावनी दिएका हुन् । मस्या सुल्झाउने गरी र उच्चस्तरीय आयोग नबनेसम्म आन्दोलन कायम रहने बताए ।

उनले भने, ‘सदन अवरुद्ध नै हुन्छ । हाम्रो आन्दोलन जारी छ । यो झारो टार्ने समिति बनेको छ, हामीले मानेका छैनौँ । हाम्रो माग उच्चस्तरीय छानविन समिति हो । हाम्रो माग पूरा नभएसम्म रास्वपाको भिजिट भिसामार्फत मानव तस्करी गरिएको छ । यो समस्या सुल्झाउने गरी र उच्चस्तरीय आयोग नबनेसम्म हामी आन्दोलन जारी राख्छौँ । प्रधानमन्त्री बोल्नुहुन्छ, हाम्रो आन्दोलन पनि सँगै हुन्छ । ३४ दिनसम्म यो देशको चौथो दल आम नागरिकको विषयमा आवाज उठाउँदा सरकार प्रमुखले यसलाई नजरअन्दाज गर्नुभएको छ । चासो दिइएको छैन ।’

सांसद ढकालले यति लामो समयसम्म रास्वपाको मागको बारेमा सम्बोधन नगरेकाले सदनमा आन्दोलन जारी रहने बताए ।


प्रकाशित मिति: १४ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?