Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

पूर्वमन्त्री, राजनीतिक दलका नेता र व्यपारीको सुरक्षार्थ खटाइएका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाइयोस्ः सांसद ज्वाला


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले भुतपूर्व मन्त्री, राजनीतिक दलका नेता र व्यापारीहरुको सुरक्षार्थ खटाइएका सुरक्षाकर्मीहरुलाई तत्काल फिर्ता बोलाउनज माग गरेका छन् ।

प्रतिनिधि सभाको शनिवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले सरकारले अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका धेरै सुरक्षाकर्मीहरुलाई भुतपूर्व मन्त्रीहरु, कतिपय राजनीतिक दलका नेताहरु, कतिपय व्यापारीहरुको सुरक्षामा खटाएको बताए । यो कदम गलत रहेको बताए । ऐन, कानून विपरित खटाइएका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाउन माग गरे ।

उनले भने, ‘यतिबेला सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका धेरै सुरक्षाकर्मीहरुलाई भुतपूर्व मन्त्रीहरु, कतिपय राजनीतिक दलका नेताहरु, कतिपय व्यापारीहरुको सुरक्षामा खटाएको छ । ऐन, कानून विपरित त्यसरी सुरक्षाकर्मीहरुलाई खटाउने कुरा निश्चित रुपमा गम्भीर छ, बेठिक छ । ति सुरक्षाकर्मीहरु कुन कुन व्यक्तिका लागि खटाइएको छ, गृहमन्त्रीले यो सदनमा जानकारी गराउनु पर्छ । र तुरुन्तै त्यसरी खटाइएका सुरक्षाकर्मीहरुलाई तत्काल फिर्ता बोलाउनुपर्छ ।’

सांसद ज्वालाले कसको कसको सुरक्षामा कति सुरक्षाकर्मी खटाइएको छ भन्नेकुरा सदनमा गृहमन्त्रीले जानकारी गराउनुपर्ने माग गरे ।


प्रकाशित मिति: १४ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?