काठमाडौँ। नेकपा (एमाले)का सांसद गोकर्ण बिष्टले लोकतन्त्रको विकल्प प्रतिगमन र राजतन्त्र हुन नसक्ने बताएका छन् । प्रतिनिधिसभाको मंगलवारको बैठटकमा बोल्दै सांसद विष्टले लोकतन्त्रको विकल्प उन्नत र सुधारिएको लोकतन्त्र मात्र हुनसक्ने उनको भनाइ छ । उनले नेपाली राजनीतिमा समेत सुधारको आवश्यकता रहेको बताउंदै एउटा बोल्ने अर्को गर्ने प्रवृत्तिलाई सुधार्न सकिएमात्र समृद्ध
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले सदन राजाको नामले तरंगित हुनु खुशीको कुरा भएको बताएका छन् । मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गैरजिम्मेवारपूर्ण कुराहरु राखेको भन्दै आपत्ति जनाएका छन् । भविष्यमा जनताले सदनमा नपस्ने व्यवस्था गर्नसक्नेकुराको हेक्का राख्न
काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले जनताको आक्रोशलाई नजरअन्दज गर्न नमिल्ने उल्लेख गर्दै असन्तुष्ट पक्षसँग संवाद गर्नुपर्ने बताएका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै महामन्त्री थापाले सडकमा देखिएको जनआक्रोशलाई केही होइन भन्ने अहंकार कसैले पनि राख्न नहुने उल्लेख गर्दै वर्तमान सरकार गठन भएपछि मात्र जनता आक्रोशित भएको प्रतिपक्षीको आरोपको
काठमाडौँ। पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारले लोकतन्त्रको लक्ष्मण रेखा नाघेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो आरोप लगाएका हुन् दुई तिहाईको वर्तमान सरकार नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको लागि घातक हुने उनको जिकिर छ । वर्तमान
काठमाडौँ। पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजावादी सक्रिय हुनुको पछाडि सरकारको शासकीय शैली र त्यसबाट उत्पन्न भएको असन्तोष रहेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउदै राजावादीहरु सक्रिय हुनुको पछाडि संगठित प्रयास रहेको आशंका व्यक्त गरेका छन् ।
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणी चौधरीले दाङका स्वर्गद्वारी गुठीपीडित किसानको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद चौधरीले यस्तो ध्यानाकर्षण गराएका हुन् । उनले राज्यले सुन्नलाई कान र हेर्नलाई आँखा नभएजसरि किसानका मागहरुको बेवास्ता गरेको आरोप लगाउदै आन्दोलनरत किसानहरुसँग भएका सामग्रिहरु समेत
काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार प्रधानमन्त्री र मन्त्रीहरुले नभई विचौलियाहरुले चलाइरहेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सरकारका सबै नियुक्ति र निर्णयमा बिचौलियाहरुको हस्तक्षेप रहेको बताउदै पछिल्लो आठ महिनामा विचौलियाको प्रभावबिना गरेका निर्णय र नियुक्ति देखाउन सरकारलाई चुनौति समेत दिएका
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सांकेतिक रुपमा सरकार कुशासनतर्फ उन्मुख रहेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले जनतालाई माया गर्नुको सट्टा रङ्गशालामा नागरिक कुटेको आरोप लगाउदै वर्तमान सरकार कुलमानलाई लखेट्ने तयारी गरिरहेको समेत बताए । उनले सहकारी पीडितको समस्या समस्या समाधान गरिनिदुस् भन्दा ‘रविलाई थुन्यौं
काठमाडौँ। नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलालले पूर्वराजा ज्ञानेन्द्र शाहको निर्देशनमा संविधान विरोधी र राष्ट्रहित विपरितका कामहरु भइरहेको भन्दै संसदको ध्यानाकर्षण गराएका छन् । मंगलवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पूर्वराजा शाहको निर्देशनमा मुलुकको राष्ट्रिय गानको अवमूल्यन र अपमान गर्ने क्रियाकलापहरु भइरहेको बताउदै यार्लीका क्रममा विदेशी नेताको तस्बिर प्रयोग गरिएको
काठमाडौ। संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक संसद भवन नयाँबानेश्वरमा जारी छ । आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उपभोक्ता अदालतको गठन सम्बन्धी सूचना टेबुल गर्ने कार्यसूची रहेको छ । यसैगरी सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले राष्ट्रिय सभामा उत्पत्ति भएको आमसञ्चार परिषद् विधेयक, २०८१ लाई दफावार छलफलको लागि