Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

विगतमा प्रतिपक्षीको भुमिकामा रहेकाहरुको प्रभावमा परेर अहिलेका प्रतिपक्षले संसद अवरोध गरेः सांसद शर्मा


काठमाडौँ। राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र)का सांसद जगप्रसाद शर्माले विगतमा प्रतिपक्षी भुमिकामा रहेकाहरुको प्रभावमा परेर अहिलेको प्रतिपक्षले संसद अवरोध गरेको बताएका छन् ।

शुक्रवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद शर्माले विगतमा प्रतिनिधि सभामा नेकपा एमालेले नौ महिनामा ५८ वटा र नेपाली काँग्रेसले २ महिनामा २२ वटा बैठक अबरोध गरेको स्मरण गराएका हुन् । प्रतिपक्षले जुन माग राखेर संसद अवरोध गरिरहेको छ त्यो मागबाट पछि हटेर भिजिट भिसा प्रकरणमा कम्तिमा संसदीय प्रक्रियाअनुरुप छानविन समिति बनाएर समस्या समाधानका लागि लचकता प्रश्तुत गरेको उनले दाबी गरे । उनले नेपालको नयाँ व्यवस्थाले माग गरेको अर्थ व्यवस्था प्रश्रव पीडाबाट गुज्रिरहेको र आआफ्नो बुझाइ, सोचाइ, दृष्टिकोण, आस्था र विश्वासका आधारमा अपेक्षाहरुबारे तर्क गरिरहेपनि हामीले परिकल्पना गरेको, संविधान र व्यवस्थाले परिकल्पना गरेको नयाँ अर्थव्यवस्था धनको नभई श्रम विज्ञानको रहेको उनको भनाई थियो ।

उनले भने, ‘नेकपा एमालेले नौ महिना संसद अबरोध गरेको इतिहास रहेछ (५८ वटा बैठक) । नेपाली काँग्रेसले २ महिनामा २२ वटा बैठक अबरोध गरेको रहेछ । सायद यसैको प्रभाव परेर हो कि अहिलेको प्रतिपक्षले जुन माग राखेर संसद अबरोध गरेको थियो । त्यो मागबाट पनि पछि हटेर कम्तिमा संसदीय प्रक्रिया अनुरुप छानविन समिति बनाएर अगाडि जाऔं, समस्याको समाधान गरौं भनेर लचकता प्रस्तुत गरेको छ । आज मैले नेपालको नयाँ व्यवस्थापछि यसले माग गरेको नयाँ अर्थ व्यवस्था निर्माणमा महिलाहरुको योगदानको विषयमा कुरा राख्दैछु । कुनैपनि नयाँ चिजको जन्म र विकास एउटा लामो श्रम र संघर्षको प्रक्रियाबाट हुन्छ । किनकी श्रम र संघर्ष नै सबैचिजको जननी हो । हामीले नयाँ व्यवस्था जे पाइरहेका छौं यो लामो कठोर संघर्षपछि एउटा प्रश्रव पीडाबाट प्राप्त भएको हो । यो राजनीतिक व्यवस्थाले माग गरेको अर्थ व्यवस्थापनि एउटा प्रश्रव पीडाबाट गुज्रिरहेको छ । हामीले आआफ्नो बुझाइ, दृष्टिकोण, सोचाइ, आस्था र विश्वासका आधारमा यो अर्थव्यवस्थाका विभिन्न अपेक्षाहरु गरिरहेका छौं, तर्कहरु प्रश्तुत गरिरहेका छौं । सम्पूर्ण कुराहरु निजीकरण गर्दा नयाँ अर्थव्यवस्था निर्माण हुन्छ कि भन्ने तर्कपनि होलान्, सम्पूर्ण कुरा राष्ट्रियकरण गरिसकेपछि नयाँ अर्थ व्यवस्था प्राप्त हुन्छ कि भन्ने धारणा पनि होलान् । आजको विकसित परिस्थितिमा संसारमा कुनै न कुनै ढंगले सम्पूर्ण कुरा राष्ट्रियकरण गर्दा वा निजीकरण गर्दा त्यसले पैदा गरेको भयावह स्थिति र असफलताबाट पाठ सिकेर हामीले आधारभूत कुरा राष्ट्रियकरण, केही कुरा निजीकरण र केही कुरा समुदायकरण गरेरमात्र नयाँ अर्थव्यवस्था निर्माण गर्नसक्छौं र अहिलेको व्यवस्थालाई अगाडि बढाउनसक्छौं भन्नेकुरा नयाँ ढंगले बहस गरिनुपर्छ । त्यसकारण हामीले परिकल्पना गरेको, अहिलेको संविधान र व्यवस्थाले परिकल्पना गरेको नयाँ अर्थव्यवस्था भनेको धनको विज्ञान होइन, श्रमको विज्ञान हो, किनकी धन श्रमको उपज हुन्छ । त्यसैले अहिलेसम्मको मान्यता जे हो कुनैपनि वस्तुको मूल्य निर्धारण लागत सिद्धान्तका आधारमा या उपयोगिताका आधारमा वा माग र पूर्तिका आधारमा होइन त्यसमा लाग्ने श्रमका आधारमा हुनुपर्छ भन्ने नयाँ मान्यतालाई हामीले स्थापित गर्नसक्यौं भने मात्र हामीले नयाँ अर्थव्यवस्था निर्माण गर्नसक्छौं ।’

उनले कुनैपनि वस्तुको मूल्य निर्धारण लागत सिद्धान्त, उपयोगिता र माग वा पूर्तिका आधारमा नभई त्यसमा लाग्ने श्रमका आधारमा गरिए नयाँ मान्यता स्थापित गरेर नयाँ अर्थव्यवस्था निर्माण गर्न सकिने स्पष्ट पारे ।


प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?