Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
८ माघ २०८२, बिहीबार
८ माघ २०८२, बिहीबार

विद्यालय शिक्षा विधेयक यथाशिघ्र पास गर्न एमाले सांसद गैरेको आग्रह


काठमाडौँ। नेकपा (एमाले) का सांसद ठाकुर गैरेले विद्यालय शिक्षा विधेयक यथासिघ्र पारित गर्न समितिको ध्यानाकर्षण गराएका छन् ।

सोमवारको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बौल्दै सांसद गैरेले शिक्षा विधेयकमा सबै चासो र ध्यानाकर्षण भएको उल्लेख गर्दै यथाशिघ्र पारित हुनुपर्ने बताएका हुन् । सरकारले शिक्षक महासंघसँग सहमति गर्ने भन्दै समय विधेयक पारित गर्न माग गरेको थियो । शिक्षकका माग देखाइए पनि निजी विद्यालय सञ्चालक र राजनीतिक दलका नेताहरूको चलखेलका कारण शिक्षा विधेयक पास हुन रोकिएको कतिपयको टिप्पणी छ । सांसद गैरेले कानून निर्माण प्रक्रियामा भइरहेका कमजोरीले संसदको गरिमा घट्दै गइरहेको पनि बताए । उनले कानून निर्माण प्रक्रियामा सबै संवेदनशील हुनुपर्ने उनको धारणा छ ।

उनले भने, ‘लामो समयदेखि हाम्रो शिक्षा क्षेत्रले विद्यालय शिक्षा विधेयकका बारे धेरै चासो र धेरै पटक सम्झौता गरिसकेको अवस्था छ । यसप्रति धेरै ठूलो ध्यानाकर्षण छ । त्यसकारण विद्यालय शिक्षा विधेयकको समेत लिड गरिरहेको समिति भएको हुनाले त्यो विधेयक यथाशिघ्र समितिबाट पारित भएर संसदबाट समेत पास होस् भन्ने अपेक्षा राख्छु । र त्यसको लागि म ध्यानाकर्षण समेत गर्न चाहन्छु ।’

उनले सांसदहरुको जिम्मेवारीमाथि प्रश्न उठ्ने खालको गतिविधि हुन नदिन आग्रह गरे ।


प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?