Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

विद्यालय शिक्षा विधेयक यथाशिघ्र पास गर्न एमाले सांसद गैरेको आग्रह


काठमाडौँ। नेकपा (एमाले) का सांसद ठाकुर गैरेले विद्यालय शिक्षा विधेयक यथासिघ्र पारित गर्न समितिको ध्यानाकर्षण गराएका छन् ।

सोमवारको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बौल्दै सांसद गैरेले शिक्षा विधेयकमा सबै चासो र ध्यानाकर्षण भएको उल्लेख गर्दै यथाशिघ्र पारित हुनुपर्ने बताएका हुन् । सरकारले शिक्षक महासंघसँग सहमति गर्ने भन्दै समय विधेयक पारित गर्न माग गरेको थियो । शिक्षकका माग देखाइए पनि निजी विद्यालय सञ्चालक र राजनीतिक दलका नेताहरूको चलखेलका कारण शिक्षा विधेयक पास हुन रोकिएको कतिपयको टिप्पणी छ । सांसद गैरेले कानून निर्माण प्रक्रियामा भइरहेका कमजोरीले संसदको गरिमा घट्दै गइरहेको पनि बताए । उनले कानून निर्माण प्रक्रियामा सबै संवेदनशील हुनुपर्ने उनको धारणा छ ।

उनले भने, ‘लामो समयदेखि हाम्रो शिक्षा क्षेत्रले विद्यालय शिक्षा विधेयकका बारे धेरै चासो र धेरै पटक सम्झौता गरिसकेको अवस्था छ । यसप्रति धेरै ठूलो ध्यानाकर्षण छ । त्यसकारण विद्यालय शिक्षा विधेयकको समेत लिड गरिरहेको समिति भएको हुनाले त्यो विधेयक यथाशिघ्र समितिबाट पारित भएर संसदबाट समेत पास होस् भन्ने अपेक्षा राख्छु । र त्यसको लागि म ध्यानाकर्षण समेत गर्न चाहन्छु ।’

उनले सांसदहरुको जिम्मेवारीमाथि प्रश्न उठ्ने खालको गतिविधि हुन नदिन आग्रह गरे ।


प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?