Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

मिडियालाई नियन्त्रण गर्ने नभइ स्वतन्त्रता र उत्तरदायित्वको सन्तुलन कायम गर्ने दिशामा विधेयक अगाडि लैजानुपर्छः सांसद पाण्डे


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेले सञ्चार क्षेत्र सुधारका लागि प्रस्तावित मिडिया काउन्सिल विधेयकलाई समयसापेक्ष र समृद्ध बनाउन जरुरी रहेको बताएका छन् ।

सोमवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद पाण्डेले यस्तो बताएका हुन् । उनले मिडिया काउन्सिल विधेयकले सञ्चार क्षेत्रको प्रतिनिधित्व गर्ने गरी सत्य, तथ्य र जिम्मेवारीपूर्ण पत्रकारिताको विकासमा जोड दिनुपर्ने बताए । सांसद पाण्डेले प्रस्तावित विधेयकमा आम सञ्चार नीति, पत्रकार आचारसंहिता, सञ्चारमाध्यमको स्वतन्त्रता र नियमन सबै पक्षलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले मिडियालाई नियन्त्रण गर्ने भन्दा पनि स्वतन्त्रता र उत्तरदायित्वको सन्तुलन कायम गर्ने दिशामा विधेयक लैजानुपर्ने धारणा राखे ।

सांसद पाण्डेले भने, ‘सम्बोधन गर्ने मिडियासम्बन्धी विधेयक आएको थिएन । त्यसकारण यो विधेयकले सञ्चार क्षेत्रको सुधारको प्रतिनिधित्व गर्नुपर्छ । त्यतातिर हाम्रो ध्यान पुगोस् । पत्रकारलाई जिम्मेवार बनाउने, पत्रकारितालाई सत्य तथ्यमा आधारित समाचार सम्प्रेषण गर्ने कुरामा सचेत गराउन हामीले विधेयकमा ध्यान दिनुपर्छ । आजभन्दा दश वर्ष अगाडिको मिडियाको प्रयोग, विज्ञान प्रविधिको प्रयोग लगायतका कुराहरुमा धेरै अन्तर आइसकेको छ । हामी धेरै कुराहरुमा फरक पाउँछौं । यो दश वर्षको बीचमा धेरै प्रगति पनि भइसकेको छ । अहिलेको विश्वको प्रेसको भावनाअनुरुप विधेयकलाई समृद्ध बनाउनुपर्ने आवश्यकता छ । आम सञ्चार नीति र पत्रकार आचारसंहिता लगायतका कुराहरुमा यो विधेयक जोडिएको छ । अनलाइन तथा छापा पत्रकारितालाई समाजप्रति जिम्मेवार, उत्तरदायी एवं विश्वसनीय बनाएर स्वतन्त्र रुपमा पत्रकारिताको विकास, संरक्षण र नियमनलाई पनि ध्यान दिनुपर्ने आवश्यकता छ ।’

मिडिया क्षेत्रमा राजनीतिक हस्तक्षेत्र हुन नदिने कुरामा सबै सजक हुनुपर्ने उनको भनाइ छ ।


प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?