Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१६ चैत्र २०८२, सोमबार
१६ चैत्र २०८२, सोमबार

चाक्सीबारी बैठकको निष्कर्षः सरकारले जनताका काम गरोस्, संविधान संशोधनको प्रक्रिया शुरु होस्


काठमाडौँ। नेपाली काँग्रेसका पूर्वपदाधिकारीहरुको बैठक चाक्सीबारीमा बसेको छ ।

सोमवार दिउँसो उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री समेत रहनुभएका काँग्रेस नेता प्रकाशमान सिंहको निजी निवासमा बसेको बैठकले सरकारका कामहरु जनताको हितमा अझ प्रभावकारी रुपमा अघि बढाउनेबारेमा छलफल भएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस सांसद कृष्णप्रसाद सिटौलाले नेपाली काँग्रेसका पूर्वपदाधिकारी बसेर देशको समसामयिक, राजनीतिक परिस्थितिका बारेमा छलफल गरेको बताए । सरकारले अझ प्रभावकारी ढंगले जनताको हितमा काम गर्न सक्नुपर्ने कुरा आफूहरुले राखेको बताए । यसबारेमा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष यसबारे ध्यानाकर्षण गराउने र आफूहरुले काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर यसबारे जानकारी गराउने बताए । गठबन्धनको भावना बमोजिम सरकारले जनताको हितमा व्यापक काम गर्न जरुरी रहेको बैठकको निष्कर्ष छ । संविधानको कार्यान्वयनको समीक्षा र संशोधन गर्नेकुरा सरकारले अघि नबढाएकोमा चासो व्यक्त भएको पनि बताए । सरकार बन्दा सभापति देउवा र प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष ओलीबीच भएको समझदारीअनुसार संविधान संशोधनको मुद्दा अड्किएको छ । संविधान संशोधनलाई अब अघि बढाउनुपर्ने आफूहरुको निष्कर्ष रहेको बताए । संविधान संशोधनका लागि सबैले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ हुनेगरीकन विभिन्न बहस र छलफल कार्यक्रम चलाउनुपर्छ भन्नेकुरामा छलफल भएको बताए ।

उनले भने, ‘आज हामी नेपाली काँग्रेसका पूर्वपदाधिकारी बसेर देशको समसामयिक, राजनीतिक परिस्थितिका बारेमा छलफल ग¥यौँ । सरकारले अझ प्रभावकारी ढंगले जनताको हितमा काम गर्न सक्नुपर्छ भनेर नेपाली काँग्रेसबाट सरकारमा नेतृत्व गर्नुभएका उपप्रधानमन्त्रीज्यु प्रकाशमान सिंहलाई भनेका छौँ । उहाँले प्रधानमन्त्रीज्युसँग कुरा राख्नुहुन्छ । गठबन्धनको भावना बमोजिम सरकारले जनताको हितमा व्यापक काम गर्न सकोस् । संविधानको कार्यान्वयनको समीक्षा र संशोधन गर्ने भन्ने सरकारको नीति तथा कार्यक्रममा पनि छ । पार्टीले निर्णय पनि गरेको छ । सरकार बन्दा सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच भएको समझदारीमा संविधान संशोधनको कार्य अघि बढिरहेको छैन । त्यसलाई पनि अब अघि बढाउनुपर्छ । नेपाली काँग्रेस पार्टीले र हामी सबैले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ हुनेगरीकन विभिन्न बहस र छलफल कार्यक्रम चलाउनुपर्छ भन्नेकुरामा छलफल गरेका छौँ । यसबारे भोलि नै सभापतिजीलाई भेटेर जानकारी गराउँछौँ ।’

नेता सिटौलाले काँग्रेस—एमाले गठबन्धन ०८४ सम्मै जाने दाबी पनि गरे ।


प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?