Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

चाक्सीबारी बैठकको निष्कर्षः सरकारले जनताका काम गरोस्, संविधान संशोधनको प्रक्रिया शुरु होस्


काठमाडौँ। नेपाली काँग्रेसका पूर्वपदाधिकारीहरुको बैठक चाक्सीबारीमा बसेको छ ।

सोमवार दिउँसो उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री समेत रहनुभएका काँग्रेस नेता प्रकाशमान सिंहको निजी निवासमा बसेको बैठकले सरकारका कामहरु जनताको हितमा अझ प्रभावकारी रुपमा अघि बढाउनेबारेमा छलफल भएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस सांसद कृष्णप्रसाद सिटौलाले नेपाली काँग्रेसका पूर्वपदाधिकारी बसेर देशको समसामयिक, राजनीतिक परिस्थितिका बारेमा छलफल गरेको बताए । सरकारले अझ प्रभावकारी ढंगले जनताको हितमा काम गर्न सक्नुपर्ने कुरा आफूहरुले राखेको बताए । यसबारेमा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष यसबारे ध्यानाकर्षण गराउने र आफूहरुले काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर यसबारे जानकारी गराउने बताए । गठबन्धनको भावना बमोजिम सरकारले जनताको हितमा व्यापक काम गर्न जरुरी रहेको बैठकको निष्कर्ष छ । संविधानको कार्यान्वयनको समीक्षा र संशोधन गर्नेकुरा सरकारले अघि नबढाएकोमा चासो व्यक्त भएको पनि बताए । सरकार बन्दा सभापति देउवा र प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष ओलीबीच भएको समझदारीअनुसार संविधान संशोधनको मुद्दा अड्किएको छ । संविधान संशोधनलाई अब अघि बढाउनुपर्ने आफूहरुको निष्कर्ष रहेको बताए । संविधान संशोधनका लागि सबैले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ हुनेगरीकन विभिन्न बहस र छलफल कार्यक्रम चलाउनुपर्छ भन्नेकुरामा छलफल भएको बताए ।

उनले भने, ‘आज हामी नेपाली काँग्रेसका पूर्वपदाधिकारी बसेर देशको समसामयिक, राजनीतिक परिस्थितिका बारेमा छलफल ग¥यौँ । सरकारले अझ प्रभावकारी ढंगले जनताको हितमा काम गर्न सक्नुपर्छ भनेर नेपाली काँग्रेसबाट सरकारमा नेतृत्व गर्नुभएका उपप्रधानमन्त्रीज्यु प्रकाशमान सिंहलाई भनेका छौँ । उहाँले प्रधानमन्त्रीज्युसँग कुरा राख्नुहुन्छ । गठबन्धनको भावना बमोजिम सरकारले जनताको हितमा व्यापक काम गर्न सकोस् । संविधानको कार्यान्वयनको समीक्षा र संशोधन गर्ने भन्ने सरकारको नीति तथा कार्यक्रममा पनि छ । पार्टीले निर्णय पनि गरेको छ । सरकार बन्दा सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच भएको समझदारीमा संविधान संशोधनको कार्य अघि बढिरहेको छैन । त्यसलाई पनि अब अघि बढाउनुपर्छ । नेपाली काँग्रेस पार्टीले र हामी सबैले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ हुनेगरीकन विभिन्न बहस र छलफल कार्यक्रम चलाउनुपर्छ भन्नेकुरामा छलफल गरेका छौँ । यसबारे भोलि नै सभापतिजीलाई भेटेर जानकारी गराउँछौँ ।’

नेता सिटौलाले काँग्रेस—एमाले गठबन्धन ०८४ सम्मै जाने दाबी पनि गरे ।


प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?