Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

काँग्रेसको प्रजातान्त्रिक समाजवादको शिक्षा व्यापक बनाउनुपर्छः देउवा


काठमाडौँ। नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस समाजवादी पार्टी भएको दाबी गर्दै प्रतिष्पर्धी पार्टीमध्ये काँग्रेसको आदर्श र सिद्धान्त सबैभन्दा राम्रो भएको बताएका छन् ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पार्टीको सिद्धान्त र आदर्श अहिले सबैभन्दा महत्वपूर्ण कुरा भएको बताए । काँग्रेसको सिद्धान्त र आदर्शलाई देशव्यापी रुपमा बुझाउन आवश्यक रहेको पनि उल्लेख गरे । काँग्रेस सबैभन्दा पुरानो पार्टी, राम्रो सिद्धान्त, आदर्श प्रजातान्त्रिक समाजवाद भएको पार्टी भएको बताए । काँग्रेसको प्रजातान्त्रिक समाजवादको शिक्षा व्यापक बनाउनसके बहुमत प्राप्त गर्ने पार्टीका रुपमा अघि बढाउन सकिने जरुरी रहेको बताए ।

सभापति देउवाले भने, ‘आजको जमानामा पार्टीको सिद्धान्त, आदर्श, धेरै महत्वपूर्ण कुरा छ । प्रतिष्पर्धी पार्टीहरुमध्ये हाम्रो सबैभन्दा राम्रो सिद्धान्त छ । हाम्रो पार्टीको सिद्धान्त र आदर्शलाई देशव्यापी रुपमा बुझाउन आवश्यक छ । सबैभन्दा पुरानो पार्टी, राम्रो सिद्धान्त, आदर्श प्रजातान्त्रिक समाजवाद छ । समाजवादी पार्टी हो । त्यसलाई त्यसको शिक्षाहरुलाई अझ व्यापक रुपमा बुझाउनसके नेपालमा नेपाली काँग्रेस एउटा ठूलो पार्टी त छँदैछ, अझ बहुमत प्राप्त गर्नसक्ने पार्टी हुनसक्छ । यद्यपि अहिलेको समावेशी, समानुपातिक आधारमा जो व्यवस्था छ, त्यसले सबै तहका नेपालका सबै दाजुभाई दिदिबहिनीहरुलाई समावेश गर्ने किसिमको समावेशी सिद्धान्तका आधारमा संविधान बनेको छ ।’

सभापति देउवाले आदिवासी जनजाति सबै जातजातिहरुलाई काँग्रेसमा समेट्न जरुरी रहेको बताए ।


प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?