Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

अध्यक्ष ओलीको निर्देशनः पार्टी तोडफोड गर्ने तत्वबाट पार्टी जोगाउन एक हुनूस्


काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजन गर्ने तत्वहरुबाट पार्टीलाई जोगाउन सिंगो पार्टी पंक्ति एक भएर अघि बढ्न निर्देशन दिएका छन् ।

सोमवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको केन्द्रिय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले नेकपा एमालेमाथि पछिल्लो समय बारम्बार प्रहार भइरहेको र पार्टी तोडफोड र विभाजन गर्ने शक्तिहरु लागिपरेको भन्दै यसबाट पार्टीलाई जोगाउन सबै एक भएर लागन निर्देशन गरेका प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । उनले ७० वर्षे उमेर हद र दुई पटक भन्दा बढी कार्यकारी पदमा बस्न नपाउनेबारे सचिवालय र पोलिटब्युरो बैठकका सम्पूर्ण सदस्यहरु सहमत रहेको बताए । कसैले पनि यसबारेमा फरक मत नराखेको उनको भनाइ छ ।

उनले भने, ‘७० वर्षको हदम्याद, कार्यकारी पदमा दुई पटक भन्दा बस्न नपाउनेबारे सचिवालयबाट पनि निष्कर्ष निकालेका छौँ । सबै सहमत भएका छौँ । कसैले पनि फरक मत छैन । पोलिटब्युरोले त्यही आधारमा निष्कर्ष निकालेको छ । पार्टी एक ढिक्का छ, एक भएर जानेछ । पार्टी विभाजन गर्ने, तोडफोड गर्नेगरी लागेका तत्वबाट पार्टी जोगाउन सिंगो पार्टी एक हुन निर्देशन गर्नुभएको छ ।’

पार्टीलाई एकढिक्का भएर अघि बढाउनुपर्ने र पार्टीमाथि भइरहेका आक्रमणको जवाफ दिनुपर्ने बताए ।


प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?