Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

अध्यक्ष ओलीको निर्देशनः पार्टी तोडफोड गर्ने तत्वबाट पार्टी जोगाउन एक हुनूस्


काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजन गर्ने तत्वहरुबाट पार्टीलाई जोगाउन सिंगो पार्टी पंक्ति एक भएर अघि बढ्न निर्देशन दिएका छन् ।

सोमवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको केन्द्रिय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले नेकपा एमालेमाथि पछिल्लो समय बारम्बार प्रहार भइरहेको र पार्टी तोडफोड र विभाजन गर्ने शक्तिहरु लागिपरेको भन्दै यसबाट पार्टीलाई जोगाउन सबै एक भएर लागन निर्देशन गरेका प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । उनले ७० वर्षे उमेर हद र दुई पटक भन्दा बढी कार्यकारी पदमा बस्न नपाउनेबारे सचिवालय र पोलिटब्युरो बैठकका सम्पूर्ण सदस्यहरु सहमत रहेको बताए । कसैले पनि यसबारेमा फरक मत नराखेको उनको भनाइ छ ।

उनले भने, ‘७० वर्षको हदम्याद, कार्यकारी पदमा दुई पटक भन्दा बस्न नपाउनेबारे सचिवालयबाट पनि निष्कर्ष निकालेका छौँ । सबै सहमत भएका छौँ । कसैले पनि फरक मत छैन । पोलिटब्युरोले त्यही आधारमा निष्कर्ष निकालेको छ । पार्टी एक ढिक्का छ, एक भएर जानेछ । पार्टी विभाजन गर्ने, तोडफोड गर्नेगरी लागेका तत्वबाट पार्टी जोगाउन सिंगो पार्टी एक हुन निर्देशन गर्नुभएको छ ।’

पार्टीलाई एकढिक्का भएर अघि बढाउनुपर्ने र पार्टीमाथि भइरहेका आक्रमणको जवाफ दिनुपर्ने बताए ।


प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?