Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१६ चैत्र २०८२, सोमबार
१६ चैत्र २०८२, सोमबार

संघीय लोकतान्त्रिक गणतन्त्रलाई नेताहरुकै कर्म र व्यवहारले कमजोर बनाइरहेको छः उपसभापति गुरुङ


काठमाडौँ। नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले सिंगो नेपाली राजनीतिमा ज्ञानको अभाव भएको बताएका छन् ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली राजनीतिमा अहिले अध्ययन भन्दा बाहुबलको प्रयोग बढी हुने गरेको बताए । अध्ययन न्युन भएपछि ज्ञान हुने सम्भावना कम हुने र ज्ञान कम भएको ठाउँमा बाहुबलले स्थान पाउने बताए । नेपाली राजनीति अहिले द्वन्द्वको चरणमा रहेको बताए । संघीय लोकतान्त्रिक गणतन्त्रलाई नेताहरुका आफ्नै कर्म र प्रवृत्ति एवं व्यवहारले कमजोर गरिरहेको बताए ।

उनले भने, ‘नेपाली राजनीतिमा अध्ययन भन्दा अहिले अध्ययन त एकदम न्युन भएर देख्छु म । सिंगो नेपाली राजनीतिमा । अध्ययन न्युन भएपछि ज्ञान हुने सम्भावना कम हुन्छ । जहाँ ज्ञान हुँदैन त्यहाँ बाहुबली हुन्छ । जहाँ बाहुबली हुन्छ त्यहाँ द्वन्द्व र झगडा हुन्छ । द्वन्द्व र झगडाले विनाश निम्त्याउँछ । हाम्रो नेपाली राजनीति लगभग लगभग अहिले द्वन्द्वको चरणमा, झगडाको चरणमा छ । बोल्न भ्याएको छैन, अर्कोले गाली गर्नेकुरा बाहेक केही सुनिएको छैन । एउटाले अर्कोलाई खुइल्यायाउले, धम्क्याउने बाहेक केही छैन । संघीय लोकतान्त्रिक गणतन्त्रलाई विस्तारै विस्तारै आफ्नै कर्म र प्रवृत्ति एवं व्यवहारले कमजोर गरिरहेका छौँ ।’

उपसभापति गुरुङले पार्टीमा लाग्न नपाइकन मैले के पाएँ भन्नेकुरा सोधिने गरेको बताए ।


प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?