Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

संघीय लोकतान्त्रिक गणतन्त्रलाई नेताहरुकै कर्म र व्यवहारले कमजोर बनाइरहेको छः उपसभापति गुरुङ


काठमाडौँ। नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले सिंगो नेपाली राजनीतिमा ज्ञानको अभाव भएको बताएका छन् ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली राजनीतिमा अहिले अध्ययन भन्दा बाहुबलको प्रयोग बढी हुने गरेको बताए । अध्ययन न्युन भएपछि ज्ञान हुने सम्भावना कम हुने र ज्ञान कम भएको ठाउँमा बाहुबलले स्थान पाउने बताए । नेपाली राजनीति अहिले द्वन्द्वको चरणमा रहेको बताए । संघीय लोकतान्त्रिक गणतन्त्रलाई नेताहरुका आफ्नै कर्म र प्रवृत्ति एवं व्यवहारले कमजोर गरिरहेको बताए ।

उनले भने, ‘नेपाली राजनीतिमा अध्ययन भन्दा अहिले अध्ययन त एकदम न्युन भएर देख्छु म । सिंगो नेपाली राजनीतिमा । अध्ययन न्युन भएपछि ज्ञान हुने सम्भावना कम हुन्छ । जहाँ ज्ञान हुँदैन त्यहाँ बाहुबली हुन्छ । जहाँ बाहुबली हुन्छ त्यहाँ द्वन्द्व र झगडा हुन्छ । द्वन्द्व र झगडाले विनाश निम्त्याउँछ । हाम्रो नेपाली राजनीति लगभग लगभग अहिले द्वन्द्वको चरणमा, झगडाको चरणमा छ । बोल्न भ्याएको छैन, अर्कोले गाली गर्नेकुरा बाहेक केही सुनिएको छैन । एउटाले अर्कोलाई खुइल्यायाउले, धम्क्याउने बाहेक केही छैन । संघीय लोकतान्त्रिक गणतन्त्रलाई विस्तारै विस्तारै आफ्नै कर्म र प्रवृत्ति एवं व्यवहारले कमजोर गरिरहेका छौँ ।’

उपसभापति गुरुङले पार्टीमा लाग्न नपाइकन मैले के पाएँ भन्नेकुरा सोधिने गरेको बताए ।


प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?