Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

एमालेको पार्टी सदस्यता नविकरण २८ प्रतिशतले बढ्यो, मिसन ०८४ मा लाग्न ओलीको निर्देशन


काठमाडौँ। सत्तारुढ दल नेकपा एमालेको पार्टी सदस्यता नविकरण १ लाख ३९ हजारले वृद्धि भएको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको केन्द्रिय कमिटी बैठकमा यसबारे जानकारी गराइएको हो । बैठकका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले विगतको पार्टी सदस्यताको अवस्थालाई हेर्दा १ लाख ३९ हजार पार्टी सदस्यता वृद्धि भएको बताए । पार्टी सदस्य संख्या २८ प्रतिशतले वृद्धि भएको उनको दाबी छ । संगठनात्मक सञ्जाल, विभागको काम, भूगोलको काम जनसंगठनको कामलाई जोडेर हेर्दा पार्टी मजबुत, क्रियाशिल भएर अघि बढेको बताए । बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने गरी मिसन ०८४ मा लाग्नुपर्ने भएकाले पार्टीमा कुनै वैचारिक कुनै विवाद नभएकाले पार्टी पंक्तिलाई एकतावद्ध भएर प्रश्तुत हुन निर्देशन दिएको प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए । उनले आफूलाई मनमा लागेको कुरा खुलस्त भन्न पनि निर्देशन दिए ।

उनले भने,‘पार्टीका अध्यक्ष सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक बसेको छ । आजको बैठकमा मुलभुत रुपमा जम्मा ४ वटा विषयमा छलफल हुनेछ । विधान महाधिवेशनको तयारीका सम्बन्धमा विधान संशोधन प्रश्ताव, संगठनात्मक तयारीका सम्बन्धमा, विधान व्यवस्थापनको तयारीका काम, विभिन्न समसामयिक प्रश्तावहरु रहेका छन् । केन्द्रिय कमिटीको बैठकलाई पार्टी र बैठकका अध्यक्ष केपी शर्मा ओलीले महत्वपूर्ण निर्देशन गर्नुभएको छ । हाम्रो पार्टी अहिले संगठन विस्तारको हिसावले पनि पार्टी विगतको पार्टी सदस्यताको अवस्थालाई हेर्दा १ लाख ३९ हजार पार्टी सदस्यता वृद्धि भएको छ । पार्टी सदस्य संख्या २८ प्रतिशतले वृद्धि भएको रेकर्डबाट देखिएको छ । प्रारम्भिक रेकर्डबाट । संगठनात्मक सञ्जाल, विभागको काम, भूगोलको काम जनसंगठनको कामलाई जोडेर हेर्दा पार्टी मजबुत, क्रियाशिल भएर अघि बढेको छ । अहिले पार्टी अध्यक्षले मूलतः पार्टीको सिंगो पक्तिलाई नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने गरी मिसन ०८४ मा लाग्नुपर्ने भएकाले पार्टीमा कुनै वैचारिक कुनै विवाद नभएकाले पार्टी पंक्तिलाई एकतावद्ध भएर प्रश्तुत हुन निर्देशन दिनुभएको छ । लागेको कुरा भन्ने भए खुलस्त भन्न निर्देशन दिनुभएको छ । नेपालको विकसित राजनीतिक घटनाक्रम, एमाले चौतर्फी आक्रमणको निशाना र यसबारे कसरी अघि बढ्ने भन्नेबारेमा विश्लेषण गर्नुभएको छ ।’

अध्यक्ष ओलीले नेपालको विकसित राजनीतिक घटनाक्रम, एमाले चौतर्फी आक्रमणको निशाना र यसबारे कसरी अघि बढ्ने भन्नेबारेमा विश्लेषण गरेको पनि जानकारी दिए ।


प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?