Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

जलस्रोतको उपयोग र संरक्षणमा जलस्रोत विधेयक अहिलेको अपरिहार्य आवश्यकताः मन्त्री खड्का


काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले जलस्रोत विधेयक यथाशक्य चाँडै पारित गर्नुपर्ने बताएका छन् ।

सोमवार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री खड्काले यस्तो बताएका हुन् । जलस्रोतको उपयोग र संरक्षणका जलस्रोत विधेयक अहिलेको अपरिहार्य आवश्यकता भएको मन्त्री खड्काको भनाइ छ । मन्त्री खड्काले विधेयकमा १६७ जना सांसदले संशोधन प्रस्ताव दर्ता गरेको उल्लेख गर्दै राष्ट्रहित र आवश्यकताका आधारमा संशोधनहरुलाई ग्रहण गरेर अघि बढ्नुपर्ने बताए ।

उनले भने, ‘जलस्रोत विधेयक अहिले निकै आवश्यक छ । ढिलो गर्नुहुन्न । यसमा केही मिलेको छैन भने समृद्ध बनाएर पास गरेर लिएर जानु आजको आवश्यकता हो । खासगरी जलका लागि अझै बढी आवश्यकता छ । हामीले जलविद्युत तथा वैकल्पिक उर्जाका पनि कुराहरु गरिरहेका छौं । अघिल्लो सरकारले ल्याएको यो विधेयकमा १६७ जना माननीयज्युहरुले संशानेधन राख्नुभएको थियो । राष्ट्रहितमा तथा हाम्रा आवश्यकताहरुलाई पूर्ति गर्नेगरी आएका संशोधन प्रश्तावहरु ग्रहण गरेर लिएर जान सकिन्छ । जलस्रोतको दिगो विकास, उपयोग, संरक्षण लगायतका कुराको लागि विधेयक महत्वपूर्ण हुनेछ ।’

उनले सरकार जलविद्युत र वैकल्पिक ऊर्जा विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको दाबी गरे ।


प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?