Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

जलस्रोतको उपयोग र संरक्षणमा जलस्रोत विधेयक अहिलेको अपरिहार्य आवश्यकताः मन्त्री खड्का


काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले जलस्रोत विधेयक यथाशक्य चाँडै पारित गर्नुपर्ने बताएका छन् ।

सोमवार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री खड्काले यस्तो बताएका हुन् । जलस्रोतको उपयोग र संरक्षणका जलस्रोत विधेयक अहिलेको अपरिहार्य आवश्यकता भएको मन्त्री खड्काको भनाइ छ । मन्त्री खड्काले विधेयकमा १६७ जना सांसदले संशोधन प्रस्ताव दर्ता गरेको उल्लेख गर्दै राष्ट्रहित र आवश्यकताका आधारमा संशोधनहरुलाई ग्रहण गरेर अघि बढ्नुपर्ने बताए ।

उनले भने, ‘जलस्रोत विधेयक अहिले निकै आवश्यक छ । ढिलो गर्नुहुन्न । यसमा केही मिलेको छैन भने समृद्ध बनाएर पास गरेर लिएर जानु आजको आवश्यकता हो । खासगरी जलका लागि अझै बढी आवश्यकता छ । हामीले जलविद्युत तथा वैकल्पिक उर्जाका पनि कुराहरु गरिरहेका छौं । अघिल्लो सरकारले ल्याएको यो विधेयकमा १६७ जना माननीयज्युहरुले संशानेधन राख्नुभएको थियो । राष्ट्रहितमा तथा हाम्रा आवश्यकताहरुलाई पूर्ति गर्नेगरी आएका संशोधन प्रश्तावहरु ग्रहण गरेर लिएर जान सकिन्छ । जलस्रोतको दिगो विकास, उपयोग, संरक्षण लगायतका कुराको लागि विधेयक महत्वपूर्ण हुनेछ ।’

उनले सरकार जलविद्युत र वैकल्पिक ऊर्जा विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको दाबी गरे ।


प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?