Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

भिजिट भिसा प्रकरणलाई लिएर उद्योग समितिमा सांसदहरुबीच चर्काचर्की


काठमाडौँ। भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा सांसदहरुबीच चर्काचर्की भएको छ ।

बिहीवार सिंहदरबारमा बसेको समिति बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले भिजिट भिसा प्रकरणको विषय प्रवेश गराएपछि सांसदहरुबीच नोकझोक भएको हो । सांसद पराजुलीले शुरुमा द्विपक्षीय श्रम सम्झौता भएको मुलुकमा वैदेशिक रोजगारीका लागि नेपाली घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा छलफल गर्दा समेत श्रम र गृह मन्त्रालय किन उपस्थित नभएको ? भन्दै प्रश्न गरे । उनले सत्तापक्षका सांसदहरुले विदेशमा नेपाली श्रमिकको पीडा पोख्ने तर संसदमा छानविन गरौँ भन्दा उल्टै विरोध गर्ने प्रवृत्ति देखाएको भन्दै आक्रोश पोखे । राज्यको लाचारीपन र दलालसँग मिलोमतो गरेर नेपाली नागरिकलाई बेच्ने जिम्मेवारी के राज्यले लिएको हो ? पराजुलीले प्रश्न गरे । भिजिट भिसा प्रकरणको नाममा भइरहेको मानव तस्करीको विषयमा छानविन गर्ने कुरा संसदमा नउठेको भन्दै उनले नेपाली नागरिकको सुरक्षाको जिम्मा के राष्ट्रिय स्वतन्त्र पार्टीको मात्रै हो ? भन्दै प्रश्न गरे ।

उनले भने , ‘आज यति महत्पूर्ण विषयमा छलफल हुँदै गर्दा र नेपाली नागरिकको अन्तर्राष्ट्रिय जगतमा सुरक्षाको पाटो जोडिएको कुरामा छलपलल हुँदा २० पटकसम्म मन्त्री बन्नुभएका श्रममन्त्रीज्यू कहाँ हुनुहुन्छ सभापतिज्यू ? अनि गृह मन्त्रालयको उपस्थिति खै ? यो समितिलाई कम आँकलन गरिएको छ । २४ घण्टा पनि समय नराखिकन बैठक बोलाइएको छ । अर्को कुरा सदन १८,२० दिनदेखि वन्धक छ । आज विदेशीनु नेपालीको बाध्यता भएको सबैको मुखबाट सुन्दा खुसि पनि लागेको छ । श्रम गर्नको लागि र घुम्न जाँदाखेरी आफ्नै अध्यागमनबाट बेचिनु के बाध्यता हुनसक्छ ? मानव तस्करको चंगुलमा पर्नु के बाध्यता हुनसक्छ ? यो राज्यको लाचारीपन र दलालसँग मिलोमतो गरेर नेपाली नागरिकलाई बेच्ने जिम्मेवारी के राज्यले लिएको हो ? अध्यागमनबाट भइरहेको मानव तस्करीविरुद्ध छानविन हुनुपर्ने सांसदहरुको धारणा किन संसदमा उपस्थित हुन सकेन ? के नेपाली नागरिकको सुरक्षाको दायित्व राष्ट्रिय स्वतन्त्र पार्टीको मात्रै हो ?’

संसदीय समितिमा मानवतस्करीविरुद्ध उभिने सांसद, सदनमा आफ्नो पार्टीको ह्वीप मानेर निरीह बनेर बस्ने गरेको उनको आरोप थियो । नेपाली काँग्रेसका सांसद राजु थापाले भिजिट भिसा प्रकरणमा सम्बन्धित निकायले छानविन गरिरहेको उल्लेख गर्दै समिति आवश्यक नरहेको प्रतिक्रिया दिएका छन् । उनले सांसद पराजुली विषयवस्तुभन्दा बाहिर गएको भन्दै रुलिङको समेत माग गरे । नेकपा (एकीकृत समाजवादी) सांसद कृष्णकुमार श्रेष्ठ मानवतस्करीको विरोध आफूहरूले पनि गरेको भन्दै रास्वपा मात्रै यसको ठेकदार नभएको टिप्पणी गरेका हुन् । विवाद बढेपछि सभापति अव्दुल खानले पराजुलीले विषयवस्तुभन्दा बाहिर गएर अभिव्यक्ति राखेकाले विवाद भएको भन्दै विवादका विषयमा छानबिनका लागि समिति नै गठन गर्नुपर्ने प्रश्ताव समेत राखे । सांसद पराजुलीले मानव तस्करी प्रकरणमा समितिमा छलफल गर्नुपर्ने र गृहमन्त्री र श्रममन्त्री आएर जवाफ दिनुपर्ने माग माग राखे ।


प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?