Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

शिक्षकसँगको सम्भता दायाँ,बायाँ नगरी शिक्षा विधेयक टुंग्याउँछौँः महामन्त्री शर्मा


काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विद्यालय शिक्षा विधेयक शिक्षकहरुसँग भएका सम्झौताहरु अक्षरशः लागू गर्दै संसदबाट पारित हुने बताएका छन् ।

बिहीवार काठमाडौंमा नेपाल शिक्षक संघ संघीय कार्यसमितिको २४ औं संघीय प्रतिनिधि सभामा बोल्दै उनले यस्तो बताएका हुन् । महामन्त्री शर्माले समाज र देश बनाउन सबै एकसाथ भएर लाग्नुपर्ने बताए । उनले देश समृद्ध बनाउन बाटो बनाउनुपर्ने, बिजुली उत्पादन गर्नुपर्ने, रोजगारी सिर्जना गर्नुपर्ने जरुरी रहेको बताए । सामाजिक रुपान्तरणको मुद्दाको सबैभन्दा सशक्त झण्डा भने शिक्षकहरुले मात्रै उठाउनसक्ने बताए । राजनीति र विद्यालय बीचको सहकार्य विषय सामाजिक रुपान्तरण भएको उल्लेख गरे । स्थानीय तह र विद्यालयबीचको सहकार्यको विषय भनेको सामाजिक रुपान्तरण भएको बताए ।

महामन्त्री शर्माले भने , ‘यो समाज र यो देश बनाउनु छ भने बाटो पनि बनाऔँ, बिजुली पनि बनाऔँ । रोजगारी सिर्जना गर्ने काम पनि गरौँ । तर सामाजिक रुपान्तरणको मुद्दाको सबैभन्दा सशक्त झण्डा कसैले उठाउँछ भने शिक्षक संघले नै हो । गाउँ गाउँमा उठाउँछ । राजनीति र विद्यालय बीचको सहकार्य विषय सामाजिक रुपान्तरण हो । स्थानीय तह र विद्यालयबीचको सहकार्यको विषय भनेको सामाजिक रुपान्तरण हो । शिक्षा विधेयक जे प्रक्रियामा गएको छ, जे सम्झौतामा गएको छ, अक्षरशः दायाँ,बायाँ नभइकन तपाईंको हातमा पर्नेगरी संसदबाट हामी टुंग्याउँछौँ । ’

महामन्त्री शर्माले सामाजिक रुपान्तरणको मुद्दा शिक्षकहरुको बन्नुपर्ने बताएका छन् ।


प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?