Trending
>>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड >>   मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक >>   १ अर्ब ३४ करोड लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु, तीन वर्षभित्र सक्ने तयारी >>   चैती छठ अन्तर्गत आज अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिँदै >>   कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित >>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

शिक्षकसँगको सम्भता दायाँ,बायाँ नगरी शिक्षा विधेयक टुंग्याउँछौँः महामन्त्री शर्मा


काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विद्यालय शिक्षा विधेयक शिक्षकहरुसँग भएका सम्झौताहरु अक्षरशः लागू गर्दै संसदबाट पारित हुने बताएका छन् ।

बिहीवार काठमाडौंमा नेपाल शिक्षक संघ संघीय कार्यसमितिको २४ औं संघीय प्रतिनिधि सभामा बोल्दै उनले यस्तो बताएका हुन् । महामन्त्री शर्माले समाज र देश बनाउन सबै एकसाथ भएर लाग्नुपर्ने बताए । उनले देश समृद्ध बनाउन बाटो बनाउनुपर्ने, बिजुली उत्पादन गर्नुपर्ने, रोजगारी सिर्जना गर्नुपर्ने जरुरी रहेको बताए । सामाजिक रुपान्तरणको मुद्दाको सबैभन्दा सशक्त झण्डा भने शिक्षकहरुले मात्रै उठाउनसक्ने बताए । राजनीति र विद्यालय बीचको सहकार्य विषय सामाजिक रुपान्तरण भएको उल्लेख गरे । स्थानीय तह र विद्यालयबीचको सहकार्यको विषय भनेको सामाजिक रुपान्तरण भएको बताए ।

महामन्त्री शर्माले भने , ‘यो समाज र यो देश बनाउनु छ भने बाटो पनि बनाऔँ, बिजुली पनि बनाऔँ । रोजगारी सिर्जना गर्ने काम पनि गरौँ । तर सामाजिक रुपान्तरणको मुद्दाको सबैभन्दा सशक्त झण्डा कसैले उठाउँछ भने शिक्षक संघले नै हो । गाउँ गाउँमा उठाउँछ । राजनीति र विद्यालय बीचको सहकार्य विषय सामाजिक रुपान्तरण हो । स्थानीय तह र विद्यालयबीचको सहकार्यको विषय भनेको सामाजिक रुपान्तरण हो । शिक्षा विधेयक जे प्रक्रियामा गएको छ, जे सम्झौतामा गएको छ, अक्षरशः दायाँ,बायाँ नभइकन तपाईंको हातमा पर्नेगरी संसदबाट हामी टुंग्याउँछौँ । ’

महामन्त्री शर्माले सामाजिक रुपान्तरणको मुद्दा शिक्षकहरुको बन्नुपर्ने बताएका छन् ।


प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?