Trending
>>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल >>   चीनमा भूकम्पपछि तीन मिनेटमै १२० विद्यार्थीको उद्धार
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु


नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु, २३ भन्दा बढी भारतीय पर्यटन व्यवसायी नेपालमा

काठमाडौं। नेपालमा भारतीय पर्यटकको आगमन बढाउने र भारतमा नेपाली पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट कार्यक्रम शुरु भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) र समृद्ध चितवन अभियानको संयुक्त आयोजनामा कार्यक्रम शुरु गरिएको हो । कार्यक्रमको भारतको ट्राभल ट्रेड वेलफेयर एशोसिएशनका अध्यक्ष राजेश सिन्हा र इन्डो–नेपाल टुरिजम वेलफेयर सोसाइटीका अध्यक्ष डा. जितेन्द्र पाल सिंहलगायतले कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा भारतका विभिन्न शहरबाट २३ भन्दा बढी पर्यटन तथा ट्राभल व्यवसायी सहभागी रहेका छन् ।

उनिहरुलाई रुपन्देहीको बेलहिया नाकामा विशेष कार्यक्रमसहित स्वागत गरिएको थियो । व्यवसायीलाई नेपालको प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी गराउने र सुनौली हुँदै लुम्बिनी क्षेत्र, रामग्राम स्तूप, अमलटारी र चितवनको सौराहालगायतका गन्तव्यमा भ्रमण गराउने कार्यक्रम छ । आयोजक संस्था गैरआवासीय नेपाली संघका प्रवक्ता सोमनाथ सापकोटाले नेपालको पर्यटन क्षेत्रबारे फैलिएको नकारात्मक सन्देश चिर्न यो कार्यक्रम आयोजना गरिएको बताए । भोटेकोशी विपद्पछि नेपाल असुरक्षित रहेको सन्देश अन्तर्राष्ट्रियस्तरमा फैलिँदा विदेशी पर्यटकको आगमन प्रभावित भएको उनको भनाई छ । नेपालका केही क्षेत्रमा मात्रै बाढीपहिरोका कारण क्षति पुगेको भएपनि समग्र देश नै प्रभावित भएको सन्देश फैलिएपनि त्यसलाई चिर्न पर्यटन प्रवद्र्धनको कार्यक्रम संचालन गरिएको उनले बताएका छन् । उनकाअनुसार केही ट्रेकिङ मार्गबाहेक अधिकांश पर्यटकीय गन्तव्य सञ्चालनमा रहेको छ । नेपाल भ्रमणका लागि उपयुक्त रहेको सन्देश अन्तर्राष्ट्रिय बजारमा पुर्याउन कार्यक्रमले सहयोग गर्ने उनले बताएका छन्।

उनले भने, ‘भोटेकोशीको बाढीपछि विश्वका विभिन्न देशबाट नेपालमा आउने पर्यटकहरूले आफ्नो नेपाल आउने कार्यक्रमलाई क्यान्सिल गर्ने गरेका कारण नेपालमा अहिले पर्यटकको संख्या कम भएको छ । गैरआवासीय नेपाली संघ र समृद्ध चितवनको संयुक्त पहलमा हामीले विशेषगरी भारतीय पर्यटकको आगमन बढाउन यो कार्यक्रमको आयोजना गरेका हौँ । छिमेकी देश अत्यन्तै संसारमा सबैभन्दा धेरै जनसंख्या भएको देश हो, ३ करोडभन्दा बढी भारतीयहरूले थर्ड कन्ट्री भिजिट गरेको रेकर्डले देखाउँछ । गत वर्षको रेकर्ड हेर्ने हो भने करिब ३ लाख भारतीयहरूले नेपाल भिजिट गर्नुभएको छ । यति ठुलो सम्भावना हुँदाहुँदै हामीले किन भारतीय पर्यटकहरूलाई नेपालमा भित्र्याउन सकेनौँ र विश्वमा एउटा विशेष खालको सन्देश दिन सकियोस् नेपाल सुरक्षित छ, घुम्नका लागि उपयुक्त छ । फ्लड सबैतिर होइन, केही जिल्लामा मात्रै समस्या भएको हो भन्ने म्यासेज दिनका लागि हामीले भारतीय पर्यटन व्यवसायीलाई बोलाएका हौँ । अहिले नेपालमा केही ट्रेकिङ रुटबाहेक अरू सबै सञ्चालनमा छन् । यद्यपि म्यासेज जाँदा खेरि नेपालमा नेपालभरि नै फ्लड भएको हो भन्ने खालको म्यासेज गएको छ । त्यसैले यो कार्यक्रमको उद्देश्य भनेकै त्यो चाहीँ होइन, कुनै ठाउँमा त्यो समस्या थियो, सडकमा समस्या थियो, पुलहरू क्षति भएका थिए, यद्यपि त्यो ठाउँमा एबीसीमा पनि जान सकिने सम्भावना छ । नेपालमा त्यो खालको पर्यटकीय हिसाबले हामी चाहिँ अप्ठ्यारोमा छैनौँ ।’

कार्यक्रममा विशेषगरी बुद्ध सर्किट, थारू संस्कृति, जंगल सफारी तथा अमलटारी क्षेत्रका पर्यटकीय सुविधा र होटललाई प्रवद्र्धन गरिने उनले जानकारी दिएका छन् । कार्यक्रममा भारतीय पर्यटकलाई लुम्बिनी तथा चितवनबाट पोखरा र काठमाडौंसम्म सहज रूपमा जोड्ने सम्भावनाबारे पनि पर्यटन व्यवसायीबीच छलफल गरिनेछ । सापकोटाकाअनुसार गत वर्ष करिब तीन लाख भारतीय पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक छ । भारतबाट ठूलो संख्यामा पर्यटक तेस्रो मुलुक भ्रमणमा जाने भएपनि नेपालले त्यसको सम्भावनाअनुसार पर्यटक आकर्षित गर्न नसकेको उनको भनाई छ । कार्यक्रममार्फत लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्नुका साथै नेपाल र भारतका पर्यटन व्यवसायीबीच व्यावसायिक सम्बन्ध विस्तार गर्ने लक्ष्य राखिएको छ । नेपाललाई सुरक्षित र स्वागतका लागि तयार गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न कार्यक्रमले सहयोग पुर्याउने आयोजकको अपेक्षा छ । कार्यक्रमका लागी नेपाल पर्यटन बोर्ड, होटल एसोसिएसन नेपाल (हान) र पाटालगायतका संस्थाले सहयोग गरेका छन् ।


प्रकाशित मिति: १० कार्तिक २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?