Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

भ्रष्टाचार रोक्नका लागि उच्चस्तरिय छानविन समिति बनाउनुपर्छः सांसद बेलबासे


काठमाडौँ। राष्ट्रिय सभा सांसद गंगाकुमारी बेलबासेले भिजिट भिषा प्रकरणले विश्वसामु नेपालीको शिर निहुराएको बताएकी छिन् ।

शुक्रवार राष्ट्रिय सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद बेलबासेले यस्तो बताएकी हुन् । उनले त्रिभूवन विमानस्थल अध्यागमनदेखि मन्त्रालयसम्मका कर्मचारीहरु छानविनमा तानिएकाले त्यसको छानविनका लागि उच्चस्तरीय समितिको माग गरिएको बताईन् । भिजिट भिसा प्रकरणले विश्वसामु नेपालीको शिर निहुराएकोले दोषीलाई छानविनको दायरामा ल्याइ सजायको भागीदार बनाएर विश्वसामु शिर ठाडो बनाउनेगरी काम गर्नुपर्नेमा उनले जोड दिईन् । सांसद बेलबासेले नीतिगत कमजोरी सुधार्न र भ्रष्टाचार रोक्नका लागि पनि उच्चस्तरिय छानविन समिति बनाउनुपर्ने बताईन् ।

उनले भनीन, ‘केही दिनदेखि प्रतिनिधिसभा अबरुद्ध छ । अध्यागमनका कर्मचारी अनुसन्धानमा तानिनु भयो । एउटा लामो सञ्जालसहितको भ्रष्टाचार भइरहेको विषयहरु आयो । भिजिट भिषामा नेपालीलाई बाहिर पठाउने र कुनै देश पठाइसकेपछि हुने आर्थिक चलखेल भएको छ । बाहिरबाट पनि धेरै मानिस सहभागि भएको देखियो । ट्राभल एजेन्सी, मेनपावर एजेन्ट र कर्मचारीसहित एउटा तह भ्रष्टाचारमा मुछिएको देखियो । अदुअआले छानविनमा तानिएपछि प्रतिनिधिसभा अबरुद्ध छ । गृहमन्त्रीको राजीनामाको मागबाट केही लचक हुँदै छानविन समितिको माग गरिएको छ । त्यसकारण अहिलेपनि हाम्रो हौसला अगाडि बढाउन तयार छौं । प्रतिनिधि सभामा सबै दल एउटा सहमतिमा पुग्ने प्रक्रियामा हुनुहुन्छ । नीतिगत समस्या कहाँ कहाँ हो र यो अहिलेमात्रै हो कि पहिलेदेखि नै हो त्यसबारेमा छलफल आवश्यक छ । कानुनमा भएका कमी कमजोरीप्रति जिम्मेवार बनेर अघि बढ्नुपर्ने देखिन्छ । भिजिट भिसामै जानेका लागि रोक्न सकिन्छ । तर संगठित रुपमा भिजिट भिषामा जानेहरुलाई किन रोक्न सकिएन ? अध्यागमनदेखि मन्त्रालयसम्मका कर्मचारीहरु छानविनमा तानिएका छन् । नीति गत कमी,कमजोरी कहाँ कहाँ छ र त्यसको छानविनका लागि उच्चस्तरीय समिति माग गरिएको हो । हाम्रो चुस्त दुरुस्त प्रशासन चलाइरहेका छौं भनेर विश्वास दिलाउनु पर्ने र विश्वसामु शिर ठाडो बनाएर हिड्नका लागि यस्ता विषयलाई छानविनको दायरामा ल्याइ दोषीलाई सजायको भागीदार बनाउनुपर्छ र आइन्दा यस्ता समस्याहरु नआउनका लागि तल्लो तहमा काम गर्ने एजेन्टहरुले अबसर नपाउनेगरि कानून बनेको छ । सोही कानूनअनुसार हिँड्नु अहिलेको आवश्यकता हो ।’

उनले आगामी दिनमा यस प्रकारका समस्या आउन नदिन तल्लो तहमा काम गर्ने एजेन्टहरुलेसमेत अवसर नपाउने गरी कानून बनेको र सोही कानूनअनुसार अघि बढ्नु आजको आवश्यकता भएको स्पष्ट पारीन ।


प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?