Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
११ कार्तिक २०८३, मंगलवार
११ कार्तिक २०८३, मंगलवार

भ्रष्टाचार रोक्नका लागि उच्चस्तरिय छानविन समिति बनाउनुपर्छः सांसद बेलबासे


काठमाडौँ। राष्ट्रिय सभा सांसद गंगाकुमारी बेलबासेले भिजिट भिषा प्रकरणले विश्वसामु नेपालीको शिर निहुराएको बताएकी छिन् ।

शुक्रवार राष्ट्रिय सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद बेलबासेले यस्तो बताएकी हुन् । उनले त्रिभूवन विमानस्थल अध्यागमनदेखि मन्त्रालयसम्मका कर्मचारीहरु छानविनमा तानिएकाले त्यसको छानविनका लागि उच्चस्तरीय समितिको माग गरिएको बताईन् । भिजिट भिसा प्रकरणले विश्वसामु नेपालीको शिर निहुराएकोले दोषीलाई छानविनको दायरामा ल्याइ सजायको भागीदार बनाएर विश्वसामु शिर ठाडो बनाउनेगरी काम गर्नुपर्नेमा उनले जोड दिईन् । सांसद बेलबासेले नीतिगत कमजोरी सुधार्न र भ्रष्टाचार रोक्नका लागि पनि उच्चस्तरिय छानविन समिति बनाउनुपर्ने बताईन् ।

उनले भनीन, ‘केही दिनदेखि प्रतिनिधिसभा अबरुद्ध छ । अध्यागमनका कर्मचारी अनुसन्धानमा तानिनु भयो । एउटा लामो सञ्जालसहितको भ्रष्टाचार भइरहेको विषयहरु आयो । भिजिट भिषामा नेपालीलाई बाहिर पठाउने र कुनै देश पठाइसकेपछि हुने आर्थिक चलखेल भएको छ । बाहिरबाट पनि धेरै मानिस सहभागि भएको देखियो । ट्राभल एजेन्सी, मेनपावर एजेन्ट र कर्मचारीसहित एउटा तह भ्रष्टाचारमा मुछिएको देखियो । अदुअआले छानविनमा तानिएपछि प्रतिनिधिसभा अबरुद्ध छ । गृहमन्त्रीको राजीनामाको मागबाट केही लचक हुँदै छानविन समितिको माग गरिएको छ । त्यसकारण अहिलेपनि हाम्रो हौसला अगाडि बढाउन तयार छौं । प्रतिनिधि सभामा सबै दल एउटा सहमतिमा पुग्ने प्रक्रियामा हुनुहुन्छ । नीतिगत समस्या कहाँ कहाँ हो र यो अहिलेमात्रै हो कि पहिलेदेखि नै हो त्यसबारेमा छलफल आवश्यक छ । कानुनमा भएका कमी कमजोरीप्रति जिम्मेवार बनेर अघि बढ्नुपर्ने देखिन्छ । भिजिट भिसामै जानेका लागि रोक्न सकिन्छ । तर संगठित रुपमा भिजिट भिषामा जानेहरुलाई किन रोक्न सकिएन ? अध्यागमनदेखि मन्त्रालयसम्मका कर्मचारीहरु छानविनमा तानिएका छन् । नीति गत कमी,कमजोरी कहाँ कहाँ छ र त्यसको छानविनका लागि उच्चस्तरीय समिति माग गरिएको हो । हाम्रो चुस्त दुरुस्त प्रशासन चलाइरहेका छौं भनेर विश्वास दिलाउनु पर्ने र विश्वसामु शिर ठाडो बनाएर हिड्नका लागि यस्ता विषयलाई छानविनको दायरामा ल्याइ दोषीलाई सजायको भागीदार बनाउनुपर्छ र आइन्दा यस्ता समस्याहरु नआउनका लागि तल्लो तहमा काम गर्ने एजेन्टहरुले अबसर नपाउनेगरि कानून बनेको छ । सोही कानूनअनुसार हिँड्नु अहिलेको आवश्यकता हो ।’

उनले आगामी दिनमा यस प्रकारका समस्या आउन नदिन तल्लो तहमा काम गर्ने एजेन्टहरुलेसमेत अवसर नपाउने गरी कानून बनेको र सोही कानूनअनुसार अघि बढ्नु आजको आवश्यकता भएको स्पष्ट पारीन ।


प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?