Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

सङ्घीयता आवश्यक छ तर बोझिलो भयोः स्वास्थ्यमन्त्री पौडेल


काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपालमा सङ्घीयता आवश्यक रहेको तर बोझिलो भएको बताए ।

बिहीवार मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाम आयोजित ‘क्षयरोग मुक्त नेपाल अभियान कार्यक्रमको प्रदेश स्तरीय समीक्षा’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफू सङ्घीयताको विरोधी नरहेको बताउँदै मन्त्री मात्रै हुने सङ्घीयताको अर्थ नभएको बताए । उनले ५०० बढी सांसद हुने सङ्घीयता नरहेको समेत जिकिर गरे । उनले तीन तहको सरकार भएपनि तीन देशको सरकार भएको जस्तो देखिएको जिकिर गरे । उनले स्रोत सङ्घबाट चाहिने र अन्य विषयमा सहकार्य नगरे पनि नहुने भाव प्रदेश र स्थानीय तहमा देखिएको जिकिर गरे । उनले सङ्घीयता भित्रै तीन तहका सरकारहरूले मिलेर काम गर्नुपर्नेमा जोड दिए । उनले तीनै तहको सरकार एउटै नागरिकको सेवा गर्न बनेको बताउँदै सङ्घ, प्रदेश र स्थानीय तहबिच सहकार्य आवश्यक रहेको बताएका छन् ।

उनले भने, “हाम्रो देशमा सङ्घीयता आयो, यो तिन तहको सरकार छ नि तिन देशको जस्तो छ । मिलेर केही पनि काम गर्नहुन्न भन्ने जस्तो छ । स्रोत चाहिँ सङ्घबाट चाहियो, अरू सहकार्य नगरे पनि हुन्छ जस्तो छ । सङ्घीयता भित्र पनि कतिपय कुराहरू मिलेर मात्रै गर्नुपर्ने हुन्छ, जस्तो  स्वास्थ्य । जनकपुरको नागरिक पालिकाको पनि नागरिक हो, मधेस प्रदेशको पनि नागरिक हो र नेपाल देशको पनि नागरिक हो । तीन तहको नागरिक छुट्टाछुट्टै हुन्छ ? यो तीन तहको सरकार एउटै नागरिकको सेवा गर्न बनेको होला नि ? त्यसैले यसमा सहकार्य गर्न आवश्यक छ । यसमा सङ्घीयता विरोध कुरा ग¥यो भन्ने सुनिन्छ तर म सङ्घीयता विरोधी हुँदै होइन । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिमा यहाँहरूले सुन्नुभएको छ, सङ्घीयता चाहिन्छ, तर यो बोझिलो भयो । मन्त्री मात्रै हुने सङ्घीयता अर्थ छैन । यो ५०० जति सांसद हुने सङ्घीयता अर्थै छैन ।”

उनले अहिले भइरहेको चालु खर्चमा आधा घटाउन सक्नुपर्नेमा जोड दिँदै आधा घटाउनसके मात्रै सङ्घीयता चल्ने बताए ।


प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?