Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

सङ्घीयता आवश्यक छ तर बोझिलो भयोः स्वास्थ्यमन्त्री पौडेल


काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपालमा सङ्घीयता आवश्यक रहेको तर बोझिलो भएको बताए ।

बिहीवार मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाम आयोजित ‘क्षयरोग मुक्त नेपाल अभियान कार्यक्रमको प्रदेश स्तरीय समीक्षा’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफू सङ्घीयताको विरोधी नरहेको बताउँदै मन्त्री मात्रै हुने सङ्घीयताको अर्थ नभएको बताए । उनले ५०० बढी सांसद हुने सङ्घीयता नरहेको समेत जिकिर गरे । उनले तीन तहको सरकार भएपनि तीन देशको सरकार भएको जस्तो देखिएको जिकिर गरे । उनले स्रोत सङ्घबाट चाहिने र अन्य विषयमा सहकार्य नगरे पनि नहुने भाव प्रदेश र स्थानीय तहमा देखिएको जिकिर गरे । उनले सङ्घीयता भित्रै तीन तहका सरकारहरूले मिलेर काम गर्नुपर्नेमा जोड दिए । उनले तीनै तहको सरकार एउटै नागरिकको सेवा गर्न बनेको बताउँदै सङ्घ, प्रदेश र स्थानीय तहबिच सहकार्य आवश्यक रहेको बताएका छन् ।

उनले भने, “हाम्रो देशमा सङ्घीयता आयो, यो तिन तहको सरकार छ नि तिन देशको जस्तो छ । मिलेर केही पनि काम गर्नहुन्न भन्ने जस्तो छ । स्रोत चाहिँ सङ्घबाट चाहियो, अरू सहकार्य नगरे पनि हुन्छ जस्तो छ । सङ्घीयता भित्र पनि कतिपय कुराहरू मिलेर मात्रै गर्नुपर्ने हुन्छ, जस्तो  स्वास्थ्य । जनकपुरको नागरिक पालिकाको पनि नागरिक हो, मधेस प्रदेशको पनि नागरिक हो र नेपाल देशको पनि नागरिक हो । तीन तहको नागरिक छुट्टाछुट्टै हुन्छ ? यो तीन तहको सरकार एउटै नागरिकको सेवा गर्न बनेको होला नि ? त्यसैले यसमा सहकार्य गर्न आवश्यक छ । यसमा सङ्घीयता विरोध कुरा ग¥यो भन्ने सुनिन्छ तर म सङ्घीयता विरोधी हुँदै होइन । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिमा यहाँहरूले सुन्नुभएको छ, सङ्घीयता चाहिन्छ, तर यो बोझिलो भयो । मन्त्री मात्रै हुने सङ्घीयता अर्थ छैन । यो ५०० जति सांसद हुने सङ्घीयता अर्थै छैन ।”

उनले अहिले भइरहेको चालु खर्चमा आधा घटाउन सक्नुपर्नेमा जोड दिँदै आधा घटाउनसके मात्रै सङ्घीयता चल्ने बताए ।


प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?