Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

नेपालका एजेण्डाहरूलाई विश्वमाझ पुर्याउन सगरमाथा संवादको भुमिका महत्वपूर्णः परराष्ट्रमन्त्री देउवा


काठमाडौँ। परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले सगरमाथा संवादले नेपालका महत्वपूर्ण एजेण्डाहरूलाई विश्वमाझ नक्शाङ्कन गर्न सकेको बताएकी छिन् ।

वैदेशिक भ्रमण लगायत समसामयिक विषयहरूमा परराष्ट्र मन्त्रालयसँग छलफल गर्न शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले सगरमाथा संवादका परिणामहरूलाई कोप ३० मा पनि लिएर अगाडी बढ्ने बताईन । संयुक्त राष्ट्र सङ्घका महासचिवको कार्यालयदेखि लिएर वल्र्ड बैङ्क, एडिबी लगायतका प्रतिनिधिहरूले सहभागिता जनाएको बताउँदै नेपालका मुद्दा हरूलाई उच्च तहमा सुनुवाई भएको जिकिर गरीन । मन्त्री राणाले सगरमाथा संवादमा विभिन्न राष्ट्रका प्रमुखहरू आउन नसके पनि उच्च तहकै प्रतिनिधिहरूको सहभागिता भएको बताएकी छिन् । उनले पहिलो पटकको डायलग एकदमै राम्रो भएको बताउँदै छिमेकी मुलुकमा प्रतिनिधिहरूले पनि राम्रो प्रतिक्रिया दिएको दाबी गरीन ।

उनले भनीन, “हामी कहाँ उच्चस्तरीय सहभागिता भएन होला । राष्ट्र प्रमुखहरू आउन सक्नुभएन होला । तर, हामीकहाँ राम्रै सिनियर लेभलकै मान्छेहरूको चाइनाबाट पनि, इन्डियाबाट पनि सहभागिता भयो । त्यो हाम्रो पहिलो पटकको डायलग हो । पहिलो पटकमा नै यति राम्रो हाम्रो सहभागिता, प्रतिनिधित्व हुनु हामीलाई एकदमै राम्रो अनुभुति भएको छ । छिमेकी मुलुकका साथीहरूले पनि तपाईंहरूको पहिलो पटकको डायलग एकदमै राम्रो भयो भन्ने प्रतिक्रिया दिनुभएको छ । हामीले ७२ दिनको तयारीमा राखेको डायलग हो । हाम्रो उपलब्धि के हो भने, नेपालको यो एकदमै महत्वपूर्ण एजेन्डा भनेर हामीले ग्लोबल रूपमा यसको म्यापिङ गर्न सकेका छौँ । यसका परिणामहरू हामीले कोप–३० मा पनि लिएर अगाडी बढ्छौँ । यसमा संयुक्त राष्ट्र सङ्घका महासचिवको कार्यालयदेखि लिएर वल्र्ड बैङ्क, एडिबी लगायतका साथीहरूले सहभागिता जनाएर महत्वपूर्ण मुद्दा हरू के के हुन र नेपालले उठाएर कुराहरू के हो भन्ने विषयमा उच्च तहमा हाम्रो सुनुवाइ भएको छ जस्तो लागेको छ ।”

पहिलो पटकको संवाद गत मे १६ देखि १८ सम्म काठमाडौंमा आयोजना भएकी हुन् । “जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य” विषयमा केन्द्रित संवादले नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गर्दै समापन भएको थियो ।


प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?