Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

संविधान कार्यान्वयनको राम्रो समीक्षा गरेर मात्रै संविधान संशोधनः अध्यक्ष दाहाल


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संविधान कार्यान्वयनको राम्रोसँग समीक्षा गरेर मात्रै संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले स्थानीय सरकारलाई कति प्रभावकारी बनाउन सकियो भनेर समीक्षा गर्ने बेला भएको बताए । उनले संविधान कार्यान्वयन कस्तो रह्यो भनेर समीक्षा गर्नुपर्ने जरुरी रहेको र समीक्षापछि मात्रै संशोधन र परिमार्जनको प्रक्रियामा जान जरुरी रहेको बताए । आफू नै गणतन्त्रको पिता भएकाले गणतन्त्र जन्माउने व्यक्तिलाई गणतन्त्रको सबैभन्दा बढी चिन्ता, चासो र जवाफदेही हुने बताए । गणतन्त्रमाथि प्रश्न उठेपछि अभियान चल्दाचल्दै पनि काठमाडौं आएर जनप्रदर्शन गरेको बताए ।

अध्यक्ष दाहालले भने, ‘हामीले स्थानीय सरकारलाई कति प्रभावकारी बनाउन सकियो, सकिएन समीक्षाको बेला आएको छ । हामीले संविधान कति राम्रोसँग कार्यान्वयन गर्न सकियो, सकिएन, त्यसको पनि समीक्षाको बेला आएको छ । हामी पहिला त समीक्षा गरौँ त्यसपछि संशोधन र परिमार्जनको प्रक्रियामा लैजाऔँ । यसमा पनि सबै बुद्धिजीवि, नेता, कार्यकताहरु र राजनीतिक दलको ध्यान जाओस् ।’

अध्यक्ष दाहालले कुनैपनि राजनीतिक दलबाट महिला अघि आउने कुरा आफ्नो लागि खुशीको कुरा भएको बताए । महिला,दलित, आदिवासी, जनजाति, थारुले पाएको अधिकारमा इतिहासले सम्मान गरिसकेको बताए ।


प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?