Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

स्थानीय सरकारलाई ब्युँझाउन जरुरीः सांसद पाण्डे


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद पाण्डेले स्थानीय सरकारलाई ब्युँझाउन जरुरी रहेको बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएकाले यसलाई प्रभावकारी रुपमा अघि बढाउन जरुरी रहेको बताए । उनले संघ सरकार भनेको टेलिभिजनबाट जनताले देख्ने सरकार भएको र प्रदेश सरकार नजिक एउटा सरकार छ रे भनेर सुन्ने सरकार भएको भन्दै स्थानीय सरकार नै जनताको नजिकको सरकार भएको बताए ।

उनले भने, ‘स्थानीय सरकारलाई हामीले अलि ब्युँझाउने कोशिस गरेका छैनौँ । संघ सरकार भनेको टेलिभिजनबाट जनताले देख्ने सरकार हो । प्रदेश सरकार भनेको हामी नजिकै एउटा सरकार छ रे भनेर सुन्ने सरकार हो । स्थानीय सरकार भनेको घरमा मान्छे मर्दा कात्रो किन्ने पैसा भएन भने मेरो घरमा लाश उठेन भनेर कात्रो किन्नलाई गएर पालिकाको प्रमुखको घुँडामा टाउको राखेर रुन पाउने सरकार हो । त्यो सरकार आज के छ ? ठिक ढंगले चलिरहेको छ की छैन की ?’

सांसद पाण्डेले स्थानीय सरकारमा रहेका जनप्रतिनिधिहरुले जनताको हितमा राम्रोसँग काम गरेको वा नगरेको भन्नेबारेमा केन्द्रिय नेताहरुले निरीक्षण गरिरहनुपर्ने बताए ।


प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?