Trending
>>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत >>   अहंकार >>   अध्यक्ष ओलीको गिरफ्तारी प्रतिशोधपूर्ण र गैरकानूनी, आजैबाट प्रदर्शनका कार्यक्रम शुरुः एमाले >>   प्रतिशोधको जवाफ प्रतिवाद हुन्छः लालबाबु पण्डित
Logo
१६ चैत्र २०८२, सोमबार
१६ चैत्र २०८२, सोमबार

सरकारले भ्रष्टाचार गर्न टेण्डर पाए जस्तो व्यवहार गरिरहेको छः अध्यक्ष लिङदेन


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले काँग्रेस–एमालेको संयुक्त सरकारले भ्रष्टाचार गर्न टेण्डर पाएको जस्तो व्यवहार गरिरहेको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले यस्तो टिप्पणी गरेका हुन् । अहिले कुन मन्त्रीले भ्रष्टाचार गरेर कति कमाउने भन्ने प्रतिष्पर्धा भइरहेको उनको भनाइ छ । उनले वर्तमान सरकारका एकदुई जना नभएर दर्जनबढी मन्त्रीहरुमाथि छानविन गर्नुपर्ने पनि बताए । उनले पछिल्लो समय भ्रष्टाचार नभएको ठाउँ खोज्न जटिल हुँदै गएको बताए । उनले केही कर्मचारीलाई कारबाही गरेर मात्र भ्रष्टाचार नियन्त्रण गर्न नसकिने उल्लेख गर्दै राजनीतिक नेतृत्वलाई नै छानबिनको दायरामा ल्याउन जरुरी रहेको बताए ।

उनले भने, ‘अहिले काँग्रेस र एमालेजस्तो दुई ठूला पार्टीहरु मिलेको सरकारले देश लुट्नलाई टेण्डर पारेको जस्तो व्यवहार भइरहेको छ । अहिले कुन मन्त्रीले कति कमाउने भन्ने विषयमा प्रतिस्पर्धा भइरहेको छ । अहिले एकदुई मन्त्रीको कुराको होइन । अहिले एक दर्जनभन्दा बढी मन्त्रीको छानविन गर्नुपर्ने बेला आएको छ । अहिले भ्रष्टाचार कहाँ छ भनेर भन्नु परेन अहिले भ्रष्टाचार कहाँ छैन भनेर खोज्नुपर्ने बेला आएको छ । अब यो भ्रष्टाचारको अन्त्य केही कर्मचारीहरुलाई कारबाही गरेर हुन्न । भ्रष्टाचारको जरो र छाता भनेको राजनीतिक क्षेत्र हो । जबसम्म राजीनितक नेतृत्वलाई छानविनको दायरामा ल्याइँदैन । तबसम्म भ्रष्टाचार अन्त्यको कल्पना गर्न सकिँदैन ।’

उनले भिजिट भिसा प्रकरणमा दुई विपक्षी दलहरु आन्दोलनमा रहँदा समेत सरकार गम्भीर नभएको भन्दै संवादका लागि अग्रसर हुन आग्रह गरे ।


प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?