Trending
>>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत >>   अहंकार >>   अध्यक्ष ओलीको गिरफ्तारी प्रतिशोधपूर्ण र गैरकानूनी, आजैबाट प्रदर्शनका कार्यक्रम शुरुः एमाले >>   प्रतिशोधको जवाफ प्रतिवाद हुन्छः लालबाबु पण्डित
Logo
१६ चैत्र २०८२, सोमबार
१६ चैत्र २०८२, सोमबार

भ्रष्टाचार मुद्दामा निलम्वित सांसद बस्नेत सरकारी कार्यक्रममा प्रमुख अतिथि बनाइएको विषयमा माओवादीले माग्यो सरकारको जवाफ


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले नेपाली काँग्रेसका निलम्वित सांसद मोहनबहादुर बस्नेत सरकारी कार्यक्रममा अतिथि भएर सहभागि भएको विषयमा सरकारसँग जवाफ माग गरेका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद सापकोटाले टेरामक्स प्रकरणमा तीन अर्बभन्दा बढी भ्रष्टाचार अभियोगमा १ जेठमा विशेष अदालतमा मुद्दा चलेपछि निलम्वनमा परेका बस्नेत सरकारी कार्यक्रममै अतिथि बनेर हिँडिरहेको भन्दै सरकारको धारणा माग गरेका हुन् । गत बिहीवार मात्रै जिल्ला समन्वय समिति र सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले समन्वय गरेको ‘तातोपानी नाकासम्बन्धी अन्तरक्रियामा बस्नेत प्रमुख अतिथि भएर सहभागि थिए । सांसद सापकोटाले भ्रष्टाचारको मुद्दा खेपिरहेको निलम्वित सांसदले सरकारी कार्यक्रममा सहभागि हुनु संसद र जनमतको अपमान भएको टिप्पणी गरे ।

उनले भने, ‘सरकारकी कार्यक्रममा भ्रष्टाचारको मुद्दा लागेका र निलम्वनमा परेका व्यक्तिलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरेर राख्नु भनेको यो संसदीय प्रणालीको पनि अवमूल्यन हो । साथै शासन प्रणाली, नैतिकता र जनविश्वासमाथि ठुलो हमला समेत हो । त्यसैले म यसको बारेमा गृहमन्त्रालयको आधिकारिक धारणा के हो ? जान्न चाहान्छु । प्रमुख जिल्ला अधिकारी भनेको अख्तियारको जिल्ला प्रमुख पनि हो । त्यसैले अख्तियारले मुद्दा दायर गरेको व्यक्तिलाई कार्यक्रमको उपस्थिति बनाइएको मात्र सरकोकारवाला सबैको ध्यानाकर्षण गर्दै सरकारसँग जवाफ पनि माग गर्न चाहन्छु । ’

उनले विपद्जन्य घटनाहरु बढिरेको उल्लेख गर्दै सडक यातायात खुलाउन तथा प्रभावितको जीवन रक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए ।


प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?