Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

भ्रष्टाचार मुद्दामा निलम्वित सांसद बस्नेत सरकारी कार्यक्रममा प्रमुख अतिथि बनाइएको विषयमा माओवादीले माग्यो सरकारको जवाफ


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले नेपाली काँग्रेसका निलम्वित सांसद मोहनबहादुर बस्नेत सरकारी कार्यक्रममा अतिथि भएर सहभागि भएको विषयमा सरकारसँग जवाफ माग गरेका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद सापकोटाले टेरामक्स प्रकरणमा तीन अर्बभन्दा बढी भ्रष्टाचार अभियोगमा १ जेठमा विशेष अदालतमा मुद्दा चलेपछि निलम्वनमा परेका बस्नेत सरकारी कार्यक्रममै अतिथि बनेर हिँडिरहेको भन्दै सरकारको धारणा माग गरेका हुन् । गत बिहीवार मात्रै जिल्ला समन्वय समिति र सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले समन्वय गरेको ‘तातोपानी नाकासम्बन्धी अन्तरक्रियामा बस्नेत प्रमुख अतिथि भएर सहभागि थिए । सांसद सापकोटाले भ्रष्टाचारको मुद्दा खेपिरहेको निलम्वित सांसदले सरकारी कार्यक्रममा सहभागि हुनु संसद र जनमतको अपमान भएको टिप्पणी गरे ।

उनले भने, ‘सरकारकी कार्यक्रममा भ्रष्टाचारको मुद्दा लागेका र निलम्वनमा परेका व्यक्तिलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरेर राख्नु भनेको यो संसदीय प्रणालीको पनि अवमूल्यन हो । साथै शासन प्रणाली, नैतिकता र जनविश्वासमाथि ठुलो हमला समेत हो । त्यसैले म यसको बारेमा गृहमन्त्रालयको आधिकारिक धारणा के हो ? जान्न चाहान्छु । प्रमुख जिल्ला अधिकारी भनेको अख्तियारको जिल्ला प्रमुख पनि हो । त्यसैले अख्तियारले मुद्दा दायर गरेको व्यक्तिलाई कार्यक्रमको उपस्थिति बनाइएको मात्र सरकोकारवाला सबैको ध्यानाकर्षण गर्दै सरकारसँग जवाफ पनि माग गर्न चाहन्छु । ’

उनले विपद्जन्य घटनाहरु बढिरेको उल्लेख गर्दै सडक यातायात खुलाउन तथा प्रभावितको जीवन रक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए ।


प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?