Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

वैदेशिक रोजगारबाट फर्किएकाहरुको पुँजी र सीपलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने सरकारको नीति छः प्रधानमन्त्री


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले देशमै रोजगारीको अवसर सिर्जना गरी युवालाई वैदेशिक पलायनबाट रोक्ने र फर्किएका युवाको पुँजी तथा सिपलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने सरकारको प्रमुख प्राथमिकता रहेको बताएका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले सरकारले २०८२ देखि २०९२ सम्मलाई ‘आन्तरिक रोजगार प्रवद्र्धन दशक’ घोषणा गरेको उल्लेख गरे । उनले उद्योग, पर्यटन लगायतका विकासका प्रमुख क्षेत्रहरूमा निजी तथा सरकारी लगानी बढिरहेको उल्लेख गर्दै ती क्षेत्रहरूमा उल्लेखनीय रोजगारीको सम्भावना रहेको पनि बताए । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रममा पुनः संरचना गर्ने र यसलाई अझ सिपमूलक र परिणाममुखी बनाउने योजना रहेको पनि बताए ।

उनले भने, ‘सरकारको प्राथमिकता स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी युवालाई स्वेदशमै रोक्नु र वैदेशिक रोजगारीबाट फर्किएकाहरुको पूँजी र सिपलाई उत्पादनमुलक क्षेत्रमा प्रयोग गर्नु रहेको छ । सरकारले वि. स. २०८२ देखि २०९२ सम्मलाई आन्तरिक रोजगार प्रवद्र्धन दशक घोषणा गरेको हो । एक हिसाबले यो उत्पादनशीलता दशक पनि हो । नेपालका विकास प्रमुख क्षेत्रहरु उद्योग, पर्यटन लगायतका क्षेत्रमा निजी तथा सरकारीस्तरबाट ठुलो लगानी भइरहेकोले ति क्षेत्रमा उल्लेखनीय रोजगारी सिर्जना हुने अवस्था छ । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रममा पुर्नसंरचना गर्ने र यसलाई अझ सीपमुलक र रोजगारमुलक बनाउने नीति सरकारले लिएको छ ।’

अगामी दशकलाई रोजगारी र उत्पादनशीलता वृद्धि गर्ने युगको रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको उनको भनाइ छ ।


प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?