Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

राष्ट्रपति र सभामुखबीचको अन्तर फरक छ, राष्ट्रको गौरवका रुपमा रहेको व्यक्ति कुनै दलमा आवद्ध हुन मिल्दैनः शंकर पोखरेल


काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रपति र सभामुखबीचको अन्तरलाई बुझ्न सक्नुपर्ने बताएका छन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेमा सक्रिय राजनीति गर्नका लागि केन्द्रिय कमिटीको बैठकले रोकेसँगै सञ्चारकर्मीहरुसँग बुधवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आययोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले सभामुख सक्रिय राजनीतिमा फर्किन मिल्ने तर राष्ट्रपति किन नमिल्ने भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले संविधानले सभामुख संसदको सदस्य नै रहनुपर्ने व्यवस्था गरेको तर राष्ट्रपतिले सबै आवद्धता त्याग गर्नुपर्ने प्रावधान रहेको बताए । सभामुख आफैँमा राजनीतिक जिम्मेवारी भएको बताए । नेकपा एमालेको केन्द्रिय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको राजनीतिमा सक्रिय हुन नमिल्न निर्णय गरेको थियो । राष्ट्रको गौरव भइसकेको साझा व्यक्तित्व कुनै राजनीतिक दलसँग आवद्ध हुन नमिल्ने एमालेको निष्कर्ष छ ।

महासचिव पोखरेलले भने, ‘सम्माननीय राष्ट्रपति र सभामुखका बीचको अन्तरलाई हामीले बुझ्नुपर्दछ । सम्माननीय राष्ट्रपति पदमा निर्वाचित भइसकेपछि सम्पूर्ण प्रकारका राजनीतिक भुमिकाबाट अलग हुने व्यवस्था संविधानले गरेको छ । कुनै प्रकारको राजनीतिक नियुक्तिमा छ भने उसले राजीनामा दिएर जानुपर्छ । सभामुखको हकमा भन्ने हो भने सभामुख आफैँमा राजनीतिक जिम्मेवारी हो । सांसदको सदस्य रहेन भने उ सभामुखबाट अलग हुन्छ । दुवैले दलीय भुमिका परित्याग गरेको हुनाले एउटै हो भन्ने छ । तर त्यो होइन । संविधानले सभामुखका हकमा प्रतिनिधि सभाको सदस्य कायम रहने कुरा गर्दछ । राष्ट्रपतिका हकमा उ निर्वाचित भयो भने प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिनुपर्छ ।’

महासचिव पोखरेलले राष्ट्रपति सबै अंगहरुको साझा अभिभावक भएको बताए ।


प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?