Trending
>>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

अपराध रोकथाम र न्युनिकरणमा ध्यान दिन प्रधानमन्त्रीको निर्देशन


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले अपराध रोकथाम र न्युनिकरणमा ध्यान दिन निर्देशन दिएका छन् ।

अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाल प्रहरीलाई अपराध रोकथाम र न्युनिकरणमा ध्यान दिन निर्देशन दिए । उनले फौजदारी अपराधमा कानूनको कार्यान्वयन मात्र नभइ कानूनको कहाँ संशोधन गर्न आवश्यक छ त्यसमा सुझाव दिन आग्रह गरे । अपराध हुनै नपाओस् भन्नेकुरामा बढी जोड दिन आग्रह गरे । अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त र प्रभावकारी बनाएर न्याय निरुपणमा सघाउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले भने , ‘तपाईंहरु फौजदारी अपराध यहाँनेर कानूनको कार्यान्वयनसम्बन्धी मात्रै होइन, कानूनको पनि कहाँनेर संशोधन गर्न आवश्यक छ, तपाईंहरुले त्यसमा पनि सजेस्ट गर्नु वाञ्छनीय हुन्छ । हामी अलि बढी अनुसन्धान र अभियोजनका पक्षमा बढी केन्द्रित भइरहेका छौँ । अपराध रोकथामका पक्षहरु यसैभित्र समेट्न खोज्नुभएको छ । अपराध रोकथाम, अपराध हुनै नपाओस् । त्यसका निम्ति अनुसन्धानका भित्री पक्षहरु, अपराध भइसकेपछिको अनुसन्धान र अपराध हुन नपाओस् भन्नेकुरा, निगरानी राख्ने कुरा, मान्छेहरुका रेकर्डहरु राख्नेकुरा कस्तो मान्छेको कस्तो रेकर्ड छ । के गरिरहेको छ ? अपराधतर्फ त प्रवेश भइरहेको छैन ? आदि कुराको रेकर्ड राख्यौँ भने, निगरानी गर्ने हो भने अपराध कर्म कम हुन्छ । अपराधको न्युनिकरण र अपराधको रोकथाममा हामी जानुपर्छ ।’

प्रधानमन्त्री ओलीले प्रहरी प्रधान कार्यालय नक्शालमा आयोजित दुई दिने सम्मेलनले निष्कर्षसहित घोषणापत्र जारी गर्ने बताइएको छ ।


प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?