Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

अपराध रोकथाम र न्युनिकरणमा ध्यान दिन प्रधानमन्त्रीको निर्देशन


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले अपराध रोकथाम र न्युनिकरणमा ध्यान दिन निर्देशन दिएका छन् ।

अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाल प्रहरीलाई अपराध रोकथाम र न्युनिकरणमा ध्यान दिन निर्देशन दिए । उनले फौजदारी अपराधमा कानूनको कार्यान्वयन मात्र नभइ कानूनको कहाँ संशोधन गर्न आवश्यक छ त्यसमा सुझाव दिन आग्रह गरे । अपराध हुनै नपाओस् भन्नेकुरामा बढी जोड दिन आग्रह गरे । अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त र प्रभावकारी बनाएर न्याय निरुपणमा सघाउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले भने , ‘तपाईंहरु फौजदारी अपराध यहाँनेर कानूनको कार्यान्वयनसम्बन्धी मात्रै होइन, कानूनको पनि कहाँनेर संशोधन गर्न आवश्यक छ, तपाईंहरुले त्यसमा पनि सजेस्ट गर्नु वाञ्छनीय हुन्छ । हामी अलि बढी अनुसन्धान र अभियोजनका पक्षमा बढी केन्द्रित भइरहेका छौँ । अपराध रोकथामका पक्षहरु यसैभित्र समेट्न खोज्नुभएको छ । अपराध रोकथाम, अपराध हुनै नपाओस् । त्यसका निम्ति अनुसन्धानका भित्री पक्षहरु, अपराध भइसकेपछिको अनुसन्धान र अपराध हुन नपाओस् भन्नेकुरा, निगरानी राख्ने कुरा, मान्छेहरुका रेकर्डहरु राख्नेकुरा कस्तो मान्छेको कस्तो रेकर्ड छ । के गरिरहेको छ ? अपराधतर्फ त प्रवेश भइरहेको छैन ? आदि कुराको रेकर्ड राख्यौँ भने, निगरानी गर्ने हो भने अपराध कर्म कम हुन्छ । अपराधको न्युनिकरण र अपराधको रोकथाममा हामी जानुपर्छ ।’

प्रधानमन्त्री ओलीले प्रहरी प्रधान कार्यालय नक्शालमा आयोजित दुई दिने सम्मेलनले निष्कर्षसहित घोषणापत्र जारी गर्ने बताइएको छ ।


प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?