काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ बमोजिम आईतबार(३० असार) बेलुकी ५ बजेभित्र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढि दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई
काठमाडौं। प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारी निवास बालुवाटार छोडेर निजी निवास खुमलटार पुगेका छन् । निजी निवास खुमलटारमा प्रचण्डलाई स्थानीय नेता तथा कार्यकर्ताले बाजागाजासहित स्वागत गरेका छन् ।
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै नयाँ सरकार गठनका लागि प्रक्रिया अगाडि बढ्ने भएको छ । प्रतिनिधि सभाको बैठकमा पक्षमा ६३, विपक्षमा १९४ र तटस्थमा एक मत परेपछि प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गरेलगत्तै
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले अर्को सरकार गठन नभएसम्म मन्त्रिपरिषद्ले गर्ने कार्य सञ्चालनको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तोकेका छन् । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मतका लागि राखेको प्रस्ताव संसदबाट पारित हुन नसकेको व्यहोरा सभामुखबाट प्राप्त भएपछि राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को कार्यभार प्रचण्डलाई नै तोकेका छन् । राष्ट्रपति पौडेलले संविधानको धारा ७७
काठमाडौँ । पदमुक्त भएसँगै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवास पुगेका छन् । संसद भवन नयाँ बानेश्वरबाट प्रचण्ड सिधै शीतल निवास पुगेका हुन् । शुक्रवार प्रतिनिधिसभामा प्रचण्डले राखेको विश्वासको मत अस्वीकृत भभएसँगै उनी पदमुक्त भएका हुन् । २७५ सदस्यीय प्रतिनिधि सभामा आजको बैठकमा २५८ जना सांसदको उपस्थिति थियो
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् । २७५ सदस्यीय प्रतिनिधि सभामा आजको बैठकमा २५८ जना सांसदको उपस्थिति थियो । बहुमतका लागि १३८ मत चाहिनेमा प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ मत मात्र परेको थियो । उनको विपक्षमा १९४
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन आफूलाई कुनै रूचि नभएको प्रष्ट पार्नुभएको छ । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले विगतको राजनीतिक घटनाक्रम स्मरण गर्दै आफूलाई नैतिकताको पाठ नसिकाउन सुझाव दिनुभयो । “नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन मलाई कुनै
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा नेकपा (माओवादी केन्द्र)को सबैभन्दा ठूलो लगानी भएको उल्लेख गर्दै यसलाई माओवादीले कमजोर नबनाउने र बनाउन पनि नदिने स्पष्ट पार्नुभयो । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतका लागि संविधानले प्रधानमन्त्रीलाई एक महिनाको समय दिएको उल्लेख गर्दै आउने दिनमा पनि संविधानको
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदैछन् । बैठक सुरू भएकाे छ ।सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन् । प्रतिनिधि सभा बैठक लाइभः https://youtu.be/jOzQCWGLQBk
काठमाडौं। नारायणगढ-मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुई वटा यात्रु बस बगाएको घटनाप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुख व्यक्त गर्दै बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासन लगायत सरकारका सबै निकायलाई निर्देशन समेत दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘झण्डै पाँच दर्जन यात्रु बेपत्ता एवं देशका विभिन्न भागमा