Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

आचारसंहिता बनाएर सदाचार नीति कार्यान्वयन गर्नुपर्नेमा जोड


काठमाडौँ। आचारसंहिता बनाएर सदाचार नीतिलाई कार्यन्वयन गर्न सांसदहरुले जोड दिएका छन् ।

राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको सोमवार बसेको बैठमा भएको राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदनको मस्यौदामाथिको छलफलमा उनीहरुले आचारसंहिता बनाउनुपर्नेमा जोड दिएका छन् । सांसद वामदेव गौतमले सदाचार निति अवलम्बन गरेको/नगरेको निगरानी गर्ने पक्ष जनतालाई बनाउनुपर्ने बताए । त्यसका लागि सदाचार नीति आचारसंहिता बनाउनुपर्नेमा उनले जोड दिए। उनले आचरसंहिता बनाउँदा शपथग्रहन गराउने किसिमको बनाउनुपर्ने उल्लेख गरे । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु, मुख्यसचिव, सचिवहरु, सबै निर्वाचित जनप्रतिनिधिहरु, राजनितिक दलका नेताहरु, कुटनीतिक क्षेत्रका व्यक्तिहरु लगायत उनीहरुको परिवारमा समेत आचारसंहिता लागू गर्नुपर्ने उनको भनाई छ ।

उनले भने, ‘सदाचार नीति अवलम्वन गरेको÷नगरेको कसले निगरानी गर्ने, कसले त्यसको जाँच गर्ने । त्यो पक्ष चाहीँ यहाँ खाली छ । त्यो पक्ष नेपाली जनतालाई बनाउनुपर्छ । त्यसो भएर आचारसंहितामै जानुपर्छ । सदाचार नितिका आचरसंहिता बनाउँ । आचरसंहिता बनाउँदाखेरी धेरै त्यस्ता सपथग्रहन गराउने किसिमको चाहीँ त्यो बन्छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु, मुख्यसचिव, सचिवहरु, सबै निर्वाचित जनप्रतिनिधिहरु, राजनितिक दलका नेताहरु, कुटनितिक क्षेत्रका व्यत्तिहरु पहिलो पटक पदमा आसिन गर्दाखेरी यहाँसम्म की परिवारमा समेत यो आचारसंहिता पठाउनुपर्छ । कस्तो किसिमको व्यक्ति निर्माण गर्न चाहन्छौँ हामी परिवारबाट शुरु हुन्छ ।’

नेकपा (माओवादी केन्द्र)का सांसद भुवनबहादुर सुनारले राज्य सञ्चालन गर्ने, नीति निर्माण गर्ने सबै व्यक्तिहरु सदाचारितामा रहनुपर्ने बताउनु भयो । राज्य संचालन गर्ने व्यक्तिको व्यवहारले सदाचार देखिने उहाँको भनाई छ । सदारको मूल्याङ्कन जनताले गर्ने उनले बताए ।

सांसदहरु पूजा चौधरी, नारायणदत्त भट्ट, सारदादेवी भट्ट, सावित्रि मल्ल, बिष्णुबहादुर विश्वकर्मा, घनश्याम रिजाल लगायतले सदाचार नीतिलाई अवलम्वन गर्नुपर्नेमा जोड दिएका छन् ।


प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?