Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

संसदीय सुनुवाई समिति सभापति खतिवडाद्वारा पद तथा गोपनियताको शपथ ग्रहण


काठमाडौँ। संसदीय सुनुवाई समिति सभापति रामहरि खतिवडाले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

सोमवार बिहान सभापति खतिवडाले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । राज्य व्यवस्था तथा सुशासन समितिमा निजामति सेवा विधेयकमा छेडखानी गरेको आरोपमा संसदीय छानविन समितिले जिजम्मेवार ठहराएसँगै समिति सभापतिबाट राजीनामा दिनुभएका खतिवडा संसदीय सुनुवाई समितिको सभापति निर्वाचित भएका थिए । संसदीय समिति सभापति ईश्वरीदेवी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समिति सभापति बनेसँगै संसदीय सुनुवाई समिति सभापतिको पद रिक्त थियो । रिक्त पदमा नेपाली काँग्रेसबाट खतिवडाको मात्रै उम्मेदवारी परेपछि खतिवडा संसदीय सुनुवाई समितिको सभापति निर्वाचित भएका थिए ।

सभापतिमा निर्वाचित खतिवडाले सभामुख देवराज घिमिरेबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।


प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?