Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

विकास आर्थिक मामिला तथा सुशासन समितिबाट राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन पारित


काठमाडौँ। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिले राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदनको मस्यौदालाई सुझावसहित पारित गरेको छ ।

सोमवार बसेको समितिको बैठकले प्रतिवेदनलाई पारित गरेको हो । बैठकमा समित सभापति कमलादेवी पन्तले प्रतिवेदनलाई सुझावसहित पारित गरेको घोषणा गरेकी छिन् । सभापति पन्तले प्रतिवेदनलाई कार्यन्वयन गर्नको लागि गृहमन्त्री, प्रधानमन्त्रीलाई आग्रह गरिन् । उनले राष्ट्रिय सभामा प्रतिवेदनलाई परिमार्जनसहित पेश गर्ने जानकारी दिएकी छिन् ।

उनले भनिन्, ‘प्रतिवेदनलाई पारित गरियो । यसलाई चाहीँ कार्यन्वयनका निम्ति गृहलाई पनि हामीले अनुरोध ग¥यौँ । प्रधानमन्त्री कार्यलयलाई पनि हामीले यसलाई अनुरोध ग¥यौँ र यसको अपन्वत्व प्रधानमन्त्री कार्यलयले लिन्छ, प्रधानमन्त्री स्वयंले लिनुहुन्छ, भन्ने कुरामा हामी आश्वस्त छौँ । र सभामा छलफल गर्नको निम्ति पनि हामीले आग्रह गर्छौँ र सभामा छलफल गछौँ । आगामी संसदमा यसलाई पेश गर्ने पनि हामीले अनुरोध ग¥यौँ ।’

सभापति पन्तले प्रतिवेदन गृहमन्त्री रमेश लेखकलाई हस्तान्तरण समेत गरेकी छिन् ।


प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?