Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

रास्वपाको माग : प्रधानमन्त्रीको राजीनामा, उच्चस्तरीय छानबिन आयोग र छिटो निर्वाचन


काठमाडौं । देशभर चर्किएको जेनजी आन्दोलनप्रति समर्थन जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्रीको तत्काल राजीनामा माग गरेको छ । सोमबार पार्टीले जारी गरेको विज्ञप्तिमा सरकारले निर्दोष विद्यार्थीमाथि गोली प्रहार गरी हत्या गरेको भन्दै घोर आपत्ति प्रकट गरिएको छ ।

रास्वपाले घटनाबारे सत्य तथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन आयोग गठन गरी दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग गरेको छ । साथै, कांग्रेस र एमालेको नेतृत्वमा बनेको वर्तमान संसद् देशलाई निकास दिन असमर्थ देखिएको भन्दै ताजा जनादेशका लागि छिटो निर्वाचन आवश्यक रहेको रास्वपाको निष्कर्ष छ ।

विज्ञप्तिमा आन्दोलनमा मारिएका विद्यार्थीप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ । पार्टीले आन्दोलनका क्रममा देखिएका घटनाबारे थप रणनीति बनाउन सचिवालय बैठक आह्वान गर्ने पनि जनाएको छ ।


प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?