Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

रास्वपाको माग : प्रधानमन्त्रीको राजीनामा, उच्चस्तरीय छानबिन आयोग र छिटो निर्वाचन


काठमाडौं । देशभर चर्किएको जेनजी आन्दोलनप्रति समर्थन जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्रीको तत्काल राजीनामा माग गरेको छ । सोमबार पार्टीले जारी गरेको विज्ञप्तिमा सरकारले निर्दोष विद्यार्थीमाथि गोली प्रहार गरी हत्या गरेको भन्दै घोर आपत्ति प्रकट गरिएको छ ।

रास्वपाले घटनाबारे सत्य तथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन आयोग गठन गरी दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग गरेको छ । साथै, कांग्रेस र एमालेको नेतृत्वमा बनेको वर्तमान संसद् देशलाई निकास दिन असमर्थ देखिएको भन्दै ताजा जनादेशका लागि छिटो निर्वाचन आवश्यक रहेको रास्वपाको निष्कर्ष छ ।

विज्ञप्तिमा आन्दोलनमा मारिएका विद्यार्थीप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ । पार्टीले आन्दोलनका क्रममा देखिएका घटनाबारे थप रणनीति बनाउन सचिवालय बैठक आह्वान गर्ने पनि जनाएको छ ।


प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?