Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

जेन–जी आन्दोलनः विपक्षी दलहरूले मागे प्रधानमन्त्री ओलीको राजीनामा


काठमाडौँ। संसदमा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षीसहित विपक्षी दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको आह्वानमा बसेको विपक्षी दलहरूको मंगलवारको बैठकले यस्तो निर्णय गरेको पार्टीका उपमहासचिव वर्षमान पुनले जानकारी दिएका छन् । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै न ले जेन–जी आन्दोलनमा दमन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने निर्णय गरिएको बताए । उनले जेन–जी आन्दोलनमाथि सरकारले गरेको दमनलाई इतिहासकै सर्वाधिक बर्बर रहेको ठहर गरेको जानकारी दिएका छन् । युवाहरुको माग सम्बोधन गर्न सरकारसँग आग्रह गरिएको छ ।उनले युवाहरूको स्वतस्फूर्त आन्दोलनलाई कुनैपनि पार्टीले आफ्नो स्वार्थमा प्रयोग गर्न नहुने बताए । घटनाको सत्यतथ्य छानविन गरी दोषिमाथि कारबाही गर्न समेत बैठकले माग गरेको छ ।

उनले भने, ‘वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले हिजो मात्रै जेन–जी पुस्ताको आन्दोलनमाथि गरेको बर्बर दमन र लोकतान्त्रिक आन्दोलन, शहरका जनआन्दोलनहरुमा अहिलेसम्मकै ठुलो दमन नरसंहारकै रुपमा लिएको घटनाप्रति खेद व्यक्त गरेको छ । भत्सना गरेको छ । र सम्पूर्ण युवाहरु जसले बलिदान दिनुभयो उहाँहरुलाई श्रदाञ्जली दिँदै घाइतेको निःशुल्क उपचारको लागि माग गरेका छौं । पख्रतिपक्षी दलहरुको तर्फबाट लोकतन्त्रकै कलंक भन्ने जस्तो घटना भएको छ । यो केपी ओली नेतृत्वको गठबन्धन सरकारको निरङ्कुश, स्वेच्छाचारी र अनैतिक सरकारको रबैया अस्वीकार्य छ । त्यसैले सरकारको नेतृत्वकर्ता केपी शर्मा ओलीले राजीनामा दिनुपर्छ । र युवाहरुसँग छलफल गर्दै यो स्थितिलाई साम्य पार्नुपर्छ ।’

बैठकमा युवाहरुको माग सम्बोधन गर्न आवश्यक वार्ता गर्न पनि माग गरिएको छ


प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?