६ वैशाख ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ । बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, उपप्रधानमन्त्री एवं रक्षा तथा कानुन, न्याय र संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का र प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी
६ वैशाख ,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि आज भारतको राजधानी नयाँ दिल्ली लगिने भएको छ । राष्ट्रपति पौडेललाई श्रीएयरको एयर एम्बुलेन्समार्फत केही बेरमा नयाँ दिल्ली लैजान लागिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पौडेलले जानकारी दिए । राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि मङ्गलबार साँझ त्रिवि शिक्षण अस्पताल,
५ वैशाख ,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई तोकेका छन् । राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्हाली आउनुभएको सो मन्त्रालयको कार्यभार आज उपप्रधानमन्त्री खड्कालाई तोकेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
५ वैशाख ,काठमाडौँ । नेपाल समाजवादी पार्टीले यही वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन–२ र तनहुँ १ मा नेपाली कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने भएको छ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सो पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चितवन–२ मा कांग्रेसका उम्मेलवार जीतनारायण श्रेष्ठ र तनहुँ–१ मा कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई
५ वैशाख ,हेटौँडा । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले निर्माणाधीन काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) समयमै बन्ने विश्वास व्यक्त गरेका छन् । आज मकवानपुरको भीमफेदी गाउँपालिका र बकैया गाउँपालिकास्थित राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको द्रुत मार्ग (फास्ट ट्र्याक) को अवलोकन एवं निरीक्षण गर्दै उनले यस्तो बताएका हुन् । द्रूतमार्गमा बनिरहेको सुरुङको
५ वैशाख ,काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले सामाजिक सुरक्षा योजनालाई बृहत् सहभागितामूलक योजना बनाउनुपर्नेमा जोड दिएका छन् । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराउने उद्देश्यले आज गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले आयोजना गरेको कार्यक्रममा उनले उक्त योजना भर्खरै सुरुआत भएकाले वास्तविक श्रमिकमैत्री बनाएर
५ वैशाख ,मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौँ–तराई/मधेस द्रुतमार्गअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–५ स्थित क्षेत्रको आजस्थलगत अनुगमन गरेका छन् । सो क्रममा प्रधानमन्त्री प्रचण्डले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिमले निर्माण कार्यमा केही ढिलाइ हुन गएको भए पनि प्रगति विवरण सन्तोषजनक नै रहेको बताउँदै उक्त निर्माणको कामले अब तीव्रता पाउने
५ वैशाख ,काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान गठबन्धनको नेतृत्वमा पाँच वर्ष सरकार चलाएर जनतालाई परिणाम दिनुपर्ने बताएका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) व्यास नगर समितिले आज दमौलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले गठबन्धन सरकारलाई पाँच वर्ष टिकाएर जानसके जनतामा
५ वैशाख, काठमाडाैँ । निर्वाचन आयोगले वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा हेलिकोप्टर प्रयोग मितव्ययीताको सिद्वान्त प्रतिकूल हुने जनाएको छ । आयोगका उपन्यायाधिवक्ता एवम् सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले उपनिर्वाचन प्रचारप्रसारमा हेलिकोप्टरको प्रयोग नगर्ने सम्बन्धी प्रेस विज्ञप्ति मङ्गलबार जारी गर्दै सो कुरा उल्लेख गर्नुभएको छ । २०८० वैशाख १० गते बारा, चितवन
५ वैशाख, काठमाडाैँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले मुलुक बनाउने हो भने सहरभन्दा पहिले गाउँ बनाउनुपर्ने बताएकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय लिएर बोल्दै उनले भूमिहीन नागरिकले जमिन पाउनुपर्ने र गाउँलाई सम्पन्न बनाउनैपर्ने बताएकी हुन् । काठमाडौँ उपत्यकाभित्रै बसोबास गर्ने हजाराैं नागरिक अझै पनि भूमिहीन