Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

राष्ट्रपतिलाई चिनियाँ राष्ट्रपतिको शोक सन्देश: विपद्को घडीमा आवश्यक सहयोग गर्न चीन इच्छुक


काठमाण्डौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको कर्णाली प्रदेशमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पबाट भएको ठूलो धनजनको क्षतिको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेललाई चिनियाँ राष्ट्रपति सी चिनफिङले एक शोक सन्देश पठाउँदै चीन सरकार र चिनियाँ जनताका तर्फबाट मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । शोक सन्तप्त परिवारजन तथा घाइतेहरुप्रति समवेदना प्रकट गर्दै उहाँले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको पनि कामना गर्नुभएको छ ।

चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति पौडेल र नेपाल सरकरको नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रका नेपाली जनताले भोग्नुपरेको अप्ठयारो पार गरी यशाशक्य छिटो बस्नको लागि घर निर्माण गर्न सक्ने विश्वास व्यक्त गर्नुभएको छ । साथै उहाँले नेपाललाई यस विपद्को घडीमा आवश्यक सहयोग गर्न चीन इच्छुक रहेको पनि बताउनुभएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

जाजरकोटको बारेकोट गाउँपालिका वडानम्बर १ रामिडाँडा केन्द्रविन्दु भएर शुक्रबार मध्यराति ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भुकम्पको जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुमपश्चिममा ठूलो क्षति पुगेको छ । हालसम्म जाजरकोट र रुकूम पश्चिममा जिल्लामा गरी कम्तीमा १५७ जनाको मृत्यृ भएको जनाइएको छ ।


प्रकाशित मिति: १९ कार्तिक २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?