Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

राष्ट्रपतिलाई चिनियाँ राष्ट्रपतिको शोक सन्देश: विपद्को घडीमा आवश्यक सहयोग गर्न चीन इच्छुक


काठमाण्डौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको कर्णाली प्रदेशमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पबाट भएको ठूलो धनजनको क्षतिको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेललाई चिनियाँ राष्ट्रपति सी चिनफिङले एक शोक सन्देश पठाउँदै चीन सरकार र चिनियाँ जनताका तर्फबाट मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । शोक सन्तप्त परिवारजन तथा घाइतेहरुप्रति समवेदना प्रकट गर्दै उहाँले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको पनि कामना गर्नुभएको छ ।

चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति पौडेल र नेपाल सरकरको नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रका नेपाली जनताले भोग्नुपरेको अप्ठयारो पार गरी यशाशक्य छिटो बस्नको लागि घर निर्माण गर्न सक्ने विश्वास व्यक्त गर्नुभएको छ । साथै उहाँले नेपाललाई यस विपद्को घडीमा आवश्यक सहयोग गर्न चीन इच्छुक रहेको पनि बताउनुभएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

जाजरकोटको बारेकोट गाउँपालिका वडानम्बर १ रामिडाँडा केन्द्रविन्दु भएर शुक्रबार मध्यराति ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भुकम्पको जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुमपश्चिममा ठूलो क्षति पुगेको छ । हालसम्म जाजरकोट र रुकूम पश्चिममा जिल्लामा गरी कम्तीमा १५७ जनाको मृत्यृ भएको जनाइएको छ ।


प्रकाशित मिति: १९ कार्तिक २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?